८ भदौ, बेईजिङ । चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न ठाँउका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ ।

उनीहरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सरकारले आगामी सन् २०१८ को अन्त्य सम्ममा देशभरी नै यस्ता नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ । गत सन् २०१६ को डिसेम्बरमा चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो ।

“प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको छ, तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा गर्नेछ,” जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले भने ।उनले जुलाई २० देखि ३१ ओटा प्रान्तहरुमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिए ।

तिनीहरु मध्ये १६ क्षेत्रमा टोल तह सम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ ओटामा गाँउ तह सम्मको संयन्त्र बनाएको उनले बताए । रासस/ सिन्ह्वा