५ माघ, काठमाडौं । नेपालले पहिलोपटक चीनमा नेपाली नोट छापेको छ । यसअघि सिक्का मात्रै छाप्दै आएको नेपालले चीन नोट छापेको हो ।

पहिलोपटक छापिएको एक हजार रुपैयाँ दरका नोट पठाइएको पिपुल्स डेली चाइनाले जनाएको छ ।उसले आफ्नो ट्वीटरमा लेखेको छ, चीनमा छापिएको एक हजार रुपैयाँको नेपाली नोट जियान्जी प्रान्तको नान्चाङबाट जहाजमा पठाइएको छ ।

यसअघि भारतसहितका देशमा नेपाल राष्ट्रबैंकले नोट छाप्ने गरेको थियो ।