१९ पुस, ताइवान । चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ ।

पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ ।

china-flag

रङ्गीन सो भित्तेचित्र सेतो पृष्ठभीमिको रहेको छ । भित्र मान्छेहरुले काम गरिरहेको र खानेकुरा पकाइरहेको देखाइएको छ । सो भित्रेचित्र गत अप्रिलमा भेटिएको बताइएको छ ।

ऐतिहासिक महत्वको सो भित्तेचित्र अहिले शाच्छि सङ्ग्रालयको संरक्षकत्वमा राखिएको छ । रासस/सिन्ह्वा