१५ चैत, एजेन्सी।

चीनले कुनै पनि समय साउथ चाइना सी(दक्षिणी चिनियाँ सागर)मा बनाएको कृत्रिम द्विपमा युद्धक विमान तैनाथ गर्न सक्ने एक अमेरिकी थिङ्क ट्याङ्कले बताएको छ। साथै द्विपमा चीनले थुप्रै सैन्य कन्स्ट्रक्सन गरिसकेको पनि बताइएको छ।

अमेरिकाको एशिया मेरिटाइम ट्रान्सपरेन्सी इनिसिएटिभ (AMTI), वाशिङ्टनको सेन्टर फर स्ट्र्याटेजिक एण्ड इन्टरनेशनल स्टडीजले दक्षिणी चिनियाँ सागरमा चीनको रणनीतिबारे एक रिपोर्ट पेश गरेको छ।

यो पढ्नुस् : सन् २०१७ को लागि नोस्ट्रेडमसले गरेका भविष्यवाणी पुरा हुँदै

रिपोर्ट अनुसार, स्प्राटली द्विपको फियरी क्रस, सुबी र मिसचीफ रिफ्समा एयर राडार, नेभल र रक्षात्मक आधार स्थापित गरिएको छ।

एएमटीआइका निर्देशन ग्रेस पोलिङ्गको अनुसार, ‘मार्चमा स्याटेलाइटबाट लिएको तस्बिर देखाउँछ कि फियरी क्रस र सुबीमा नयाँ राडार एन्टेना लगाइएको छ। यसबाट स्पष्ट हुन्छ कि चीन आउने दिनमा यी कृत्रिम द्विपमा युद्ध विमान उतार्न सक्छ।’

यता चीनले दक्षिणी चिनियाँ सागरमा सैन्यीकरण गरेको अमेरिकाको आरोप नकार्दै आएको छ।

के हो विवाद?

साउथ चाइना सीको लगभग ३५ लाख वर्ग किलोमिटर क्षेत्र विवादित छ। यसमा चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनेईले दाबी गर्दैआएका छन्। अमेरिकाको अनुसार, यो क्षेत्रमा २१३ अरब ब्यारेल तेल र ९०० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्याँसको भण्डार छ। साथै यो समुन्द्री बाटो भएर हरेक वर्ष ७ ट्रिलियन डलरको व्यापार हुन्छ।