८ चैत, काठमाडौं ।

अहिले सम्म भारतीय समुन्द्री बन्दरगाह सम्म मात्र पहुँचका कारण एकलौटी निर्भरतामा रहेको नेपाललाई अव चीनले पनि बन्दरगाह सम्म पहुँच दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोश्रो दिन बेइजिङमा भएका सम्झौतामा चीनले नेपाललाई चिनियाँ बन्दरगाहासम्म पहुँच दिन आधार तयार पार्ने पारवहन सम्झौता सहित विभिन्न महत्वपूर्ण विषय छन् ।

oli china with PM

चीनले हिल्सामा पुल बनाइदिने छ भने नेपाललाई समुन्द्र सम्मको पहुँच दिने छ । यो सम्झौताले भारतमाथिको एकलौटी निर्भरता तोडिएको छ ।

चीनसँग भएका सम्झौताः पारवहन देखि बन्दरगाह सम्म

चिनियाँलाई किन बनायौ रुनु–हाँस्नु ?

चीनले नेपाललाई केही गरिदिएला भन्ने लाग्दैन – भारतीय पूर्वजनरल

यस अघि नेपाल भारतीय बन्दरगाहमा मात्र निर्भर रहेका कारण भारतले नाकाबन्दी गर्दा अन्य देशसँगको ब्यापार पारवहन समेत प्रभावित भएको थियो । अव यस्तो अवस्था आएमा पनि भारतबाहेक अन्य देशसँगको ब्यापार पारवहन कायम राख्न नेपाल सक्षम हुनेछ ।

चीनले समेत यो सम्झौतालाई महत्पूर्ण र ऐतिहासिक भनेको छ ।