१९ साउन, काठमाडौं ।

छिमेकी चीनको चिनियाँ जनमुक्ति सेनाले चीनको हवाइ क्षेत्रमा खतरा पैदा गर्ने देशको सूचीमा अर्को छिमेकी भारतलाई समेत समावेस गरेको छ । अमेरिका, जापान, ताइबान र भियतनामलाई पनि राखिएको ‘खतरा पैदा गर्ने राष्ट्र’को सूचीमा भारतपनि परेपछि भारतमा हंगामा भएको छ ।

यी देशहरुले पैदा गरेको खतरालाई नियन्त्रण गर्न चिनियाँ सेनाले तिव्र गतिका क्रुज मिसाइल र नयाँ पीढीका बम वर्षक विमान आवश्यक पर्ने सरकारलाई बताएको छ ।

जापानी समाचार एजेन्सी क्योदोका अनुसार चीनको ‘एयर फोर्स कमाण्ड एकाडेमी’ ले पछिल्लो वर्षको प्रतिवेदनमा अमेरिका, जापान , ताइबान र भारत तथा भियतनामलाई चिनियाँ हवाइ क्षेत्रमा असुरक्षा गर्न सक्ने र कुनै पनि पनि टकराव हुने देशको सूचीमा समावेश गरेको उल्लेख छ ।

chinese military

यो खतरना नियन्त्रण गर्नका लागि अत्याधुनिक हतियारसहित सुसज्जित हुनु पर्ने चिनियाँ सेनाको भनाइ छ ।

केही दिन अघि मात्र सैन्य दिवसको अवसरमा चिनियाँ जनमुक्ती सेनाले सीमा क्षेत्रमा गम्भिर सुरक्षा खतरा पैदा भएको रिपोर्ट प्रकाशित गरेको थियो ।

दक्षिण चीन सागर तथा भारत, म्यानमार जस्ता देशसँग जोडिएको सीमामा सैन्य तैनाथी बढाउनुको कारणबारे स्पष्टिकरण दिँदै चिनियाँ सेनाले सीमा क्षेत्रमा सैन्य गतिविधी बढाउनु पर्ने बाध्यता बताएको थियो ।

चिनियाँ सेनाको मुखपत्रले निकालेको यो प्रतिवेदनमा संसार अप्रत्यासित तरिकाले बदलिइरहेको र यसले चीनको सुरक्षा चुनौती थपिएको भनिएको छ । यसले गर्दा नयाँ नयाँ टकरावको खतरा समेत देखिएको सेनाको मुखपत्रमा उल्लेख छ ।

चिनियाँ सेनाको अखबारले चीनको समुन्द्री सुरक्षाको वातावरण एकदमै जटिल बनेको छ भने दक्षिणी चीन सागरमा पनि अवस्था विग्रिँदै गएको छ ।

Modi china visit

चिनियाँ सेनाले राष्ट्रिय एकता, क्षेत्रीय अखण्डता र विकाश समेत समस्यामा परेको भन्दै सेना देशमा शान्ति कायम गर्न प्रतिबद्ध रहेको एवं महत्वपूर्ण मुद्धामा कुनै पनि सम्झौता नगर्ने उल्लेख छ ।

चीनले पछिल्लो समयमा स्थल तथा जल क्षेत्रमा सीमा सम्बन्धि समस्याको सामना गरिरहेको छ । अफगानिस्तान देखि कोरयाली प्रायद्वीप तथा भारत सम्म जोडिएको भूभाग तथा समुन्द्री क्षेत्रमा सिंगापुर, जापान, ताइबान लगायतका देशसँग चीनको टक्कर परिरहेको छ ।