१७ फागुन, घोराइ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नु पर्ने र तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार दाङको घोराहीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने र त्यो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुने बताए ।

Yubraj Gyawali

फाइल तस्विर

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने भने, ‘चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव अघि बढाएको छ, हामीले त्यहाँमात्रै होइन, त्यहाँबाट काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्नेछौँ ।’

भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै उनले अझै पनि पुरै नाकाबन्दी नहटेकाले अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् ।

ओलीलाई भारतले यसरी देखाइदियो औकात

ससुरासँगको भिडन्तमा गगन थापाः जित्दै कि हार्दै !

उनले अहिलेको नाकाबन्दीबाट भारतीय शासकहरु पनि केही सोच्न बाध्य भएको भन्दै अब नेपालले पनि आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।