एजेन्सी ।

चिनियाँ राष्ट्रपतिले आफ्नो सेनालाई युद्ध जित्न तयार हुन आदेश दिएपछि सीमा क्षेत्रमा चीनसँग विवाद रहेका देशहरु तनावमा परेका छन् । छिमेकी भारतले पनि चीनबाट असुरक्षा बढेको भन्दै सैन्य तयारी थालेको छ ।

ओली सरकारको निर्णय उल्ट्याउने प्रचण्डको निर्णय सर्वोच्चले उल्ट्यायो

चीन युद्धको मुडमा देखिएको भन्दै भारतले पनि युद्धको प्रतिरोधात्मक तयारी थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चीनसँगको सीमामा भारतले बढायो सैन्य तैनाथी, लडाकु विमान पनि तयारी

चीनसँगको सीमा सुरक्षा बढाउन भन्दै भारतले सैन्य तैनाथीको ‘चाइना वाल’ बनाउन शुरु गरेको छ । चीनबाट खतरा बढिरहेको भन्दै भारतले सैन्य तैनाथी मात्र नभएर लडाकु विमानको संख्या समेत बढाएको छ ।

indian china border

टाइम्स अफ इण्डियाका अनुसार भारतले पुर्वोत्तरमा खोजी ड्रोन र मिसाइल पनि तैनाथ गरेको छ । चीनको सीमा क्षेत्र लद्दाखमा ट्याङ्क पनि तैनाथ गरेको छ भने सैनिक जवानको सैख्या बढाएको छ । केही समय अघि मात्र चीनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ थियो ।

चीन र भारतसँग सेना र हतियारको शक्ति के कस्तो छ?

चिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ । चीन संसारको एक मात्र यस्तो देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ ।

भारत र अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !
सेनालाई चिनियाँ राष्ट्रपतिको आदेश- युद्ध जित्न तयार होउ !

चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ । चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् । भारत पनि संसारमा धेरै सेना हुने देश मध्ये एक पर्छ । भारतमा १४ लाख सशस्त्र सेना रहेको विश्वास गरिन्छ ।

तथ्याङ्कमा आधारित तुलनाः

वार्षिक रक्षा बजेट

चीनः करिव १५० अर्व डलर अमेरिकी डलर

भारतः करिव ५० अर्व अमेरिकी डलर

मिसाइल

चीनः चीनसँग रहेको DF-31A ICBM अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइलको रेञ्ज ११२०० किलो मिटर सम्म छ । त्यस्तै JL-2 SLBM नामक सबमरीन लञ्चड बलिस्टिक मिसाइल रेञ्ज- ७२०० किलोमिटर छ ।

missile fire

भारतः भारतसँग अहिले सम्म ICBM र SLBM मिसाइल नै छैन । भारतसँग रहेको अग्नि मिसाइले ३ हजार किमी रेञ्जमा प्रहार गर्न सक्छ । अग्नि-4 र अग्नि-5 पनि परीक्षणमै छन् ।

india missile

परमाणु हतियारको संख्या

चीनः २६०
भारतः १२०

सशस्त्र बलः

चीनः २३ लाख सैनिक

China 70 anniversary of world war II army (1)

भारतः १४ लाख सैनिक

Indian Army Day 2015 (7)

सबमरीन्स अर्थात पनडुब्बी

चीनः ५६ (५ न्यूक्लियर पावर्ड)

A Chinese Naval submarine docks at the Ngong Shuen Chau Naval Base in Hong Kong April 30, 2004. [Chi..
भारतः १४ (१ न्यूक्लियर पावर्ड)

indian submarines

वार हेड अर्थात प्रमुख युद्धपोत

चीनः ७२ (१ एयरक्राफ्ट क्यारियर)

china war head
भारतः ३० (१ एयरक्राफ्ट क्यारियर)

indian war head

लडाकु जेट
चीनः १६०० भन्दा बढी
china fighter jet
भारतः ५०० भन्दा बढी

indian army jet