चैत्र १५, काठमाडौं ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज छेन्दुबाट ल्हासा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई ल्हासा विमानस्थलमा तिब्बत सरकारका उपप्रमुखले स्वागत गरेका थिए ।

तिब्बत सरकारका प्रमुखले भने प्रधानमन्त्री बस्ने ल्हासा होटल परिसरमा आएर स्वागत गरेका थिए ।

प्रधानमन्त्रीले आज चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित पोतला दरबार र जोङखा टेम्पलको अवलोकन गरेका थिए ।