१० चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौता र सहमतिलाई समेटेर चीन र नेपालले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

ओलीको चीन भ्रमण र यसै समयमा १० बुँदे सम्झौताको हस्ताक्षरलाई समेटेर चीन र नेपालले बुधबार बक्तब्य जारी गरेका हुन् ।

oli china president

ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङ्को उपस्थितिमा भएका केरूङ काठमाडौं तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण, माथिल्लो अरूण परियोजनाको निर्माणलगायतका विषयहरू संयुक्त बक्तब्यमा समेटिएको छ ।

चीनले नेपालको संविधानलाई स्वागत गरेको छ । चीन र नेपालबीच साझेदारी र सहयोगका थुप्रै सम्भावना रहेको पनि संयुक्त बक्तब्यमा उल्लेख छ ।

चीन भम्रणको क्रममा इन्धन सम्झोता नभएपनि नेपालले पहिलो पटक पारवहन सम्झौता गरेर इन्धन ल्याउने बाटो खोलेको छ ।

बेइजिङको सन्देशः ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी

नेपाल र चीनबीच यातायात पारवहन सम्झौता सहित स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । त्यस्तै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि चीनसँग ऋण सम्झौता पनि भएको छ ।

साथै चीनले नेपालमा ग्यास तथा तेल अन्वेषणमा सहयोग पुर्‍याउन सहमति जनाएको छ । त्यस्तै हिल्सा पुल निर्माण गर्न पनि चीनले सहयोग गर्ने सहमति भएको छ । ३ दिन अघि भएको द्धिपक्षिय छलफल र सम्झौताको संयुक्त वक्तव्य बुधबार आएको हो ।

ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (रमाइलो भिडियो)

ठिक एक महिना अघि भएको ओलीको चीन भ्रमणमा संयुक्त बक्तब्य आउन सकेको थिएन । तर चीन भ्रमण भने फरक देखिएको छ ।

चीनसँग भएको सम्झौताबारे भारत बोल्यो-

चीन नेपालसँग संयुक्त बक्तब्य निकाल्न उत्साहित देखिनु नै भारत भ्रमण भन्दा चीन भ्रमण एक कदम अगाडी रहेको र यो सफल भएको प्रमाण हो ।