११ पुस, एजेन्सी।
चीलीको दक्षिणी क्षेत्रमा आइबार शक्तिशाली भूकम्प गएको छ। ७.७ रेक्टर मापनको भूकम्प पश्चात कयौं क्षेत्रका सडक धसिएका छन्। भूकम्प पश्चात चीली सरकारले सुनामीको चेतावनी दिएको थियो। करिब १ घण्टा पछि ‘स्टेट अफ प्रिकशन’ (सावधानीको अवस्था) लागू गरेको छ।chili-earthquake-road-1431458

भूकम्पको केन्द्र स्यान्टियागोबाट २२५ किलोमिटर पूर्व प्युर्टो मोन्टामा थियो।

२०१० मा विनाशकारी भूकम्प
सन् २०१० फेब्रुअरी २७ मा दक्षिण चीलीमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्प पश्चात आएको सुनामीले ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।