२७ भदौ, काठमाडौं ।

संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ । वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेश तराई फोरमबीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको बताइएको छ ।

आज रौतहटमा आयोजित चुनावी सभामा अध्यक्षद्घय यादवबीच राष्ट्रिय तथा मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेश आन्दोलनसम्म अमर यादव फोरम नेपालमा केन्द्रीय कोषाध्यक्षमा रुपमा सक्रिय थिए । तर, ०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम गठन गरेका थिए ।