१४ बैशाख, काठमाडौं । स्थानीय तहको चुनावमा सेना परिचालन हुने भएको छ । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति ले स्वीकृती दिएपछि चुनावमा सेना परिचालन हुने भएको हो ।

संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले सेना परिचालनका लागिस्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुरक्षा परिषद्को निर्णय अनुसार सरकारले चैत २९ गते सेना परिचालनका लागि सिफारिस गरेको थियो ।