एजेन्सी । चुनावका बेला नेताहरुले मतदाता रिझाउन उनीहरुका घरदैलो पुगेर विभिन्न वाचा गर्दै आश्वासन बाँड्ने गर्छन् । छिमेकी मुलुक भारत यतिबेला निर्वाचनको मुखमा छ । लोकसभा चुनावको पहिलो चरणको मतदान सन्निकट आइपुग्दै गर्दा नेतहरुले भोट तान्न विभिन्न हतकण्डा अपनाइरहेका छन् ।

प्रतिकात्मक तस्वीर ।

तमलिनाडु राज्यमा यस्तै एउटा घटना बाहिर आएको छ । तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा र्पुयाइदिने योजना ल्याएका हुन् । ती सांसद हुन् तिरुपुरबाट स्वतन्त्र उम्मेदवार बनेका शेख दाउद ।

उनले आफुलाई चुवामा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्याइदिने बताएका छन् । ५५ वर्षीय दाउदको आफ्नो चुनावी घोषणा पत्रमा त्यति मात्रै छैन । घोषणापत्रमा अन्य १५ बुँदा छन् । त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलालाई मासिक २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई सरकारी जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका आजतकले जनाएको छ ।