१६ भदौ, सिरहा ।
सिरहाको खुसीपुर नगरपालीका ७ मा चुल्ठो काटिएकी एक महिलाको मृत्यु भएको छ ।

शुक्रवार दिउसो ४ बजेतीर अज्ञात चिजले चुल्ठो काटेको र अचेत भएकी लक्ष्मीनीया मुखीयाको लहान स्थीत ओम गुरुकुल पोलीक्ल्निकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विगत केहिदिन यता तराईका जिल्लाहरुमा अज्ञात शक्तिले महिलाहरुको चुल्ठो काट्ने हल्लाले व्यापक चर्चा पाएपनि बास्तविकता बाहिर आउन अझै सकेको छैन ।