प्रयास पराजुली
काठमाडौं ।

भारतका जुनसुकै नेता नेपाल आएर मनलाग्दी रुपमा भेटघाट गर्ने शैली नौलो होइन । भारतका नेताहरु नेपाल आउने वित्तिकै राजनीतिक दलका घरघरमा पुग्दा समेत त्यसलाई बाँध्ने पराष्ट्र नीति नेपालसंग अझैसम्म छैन । नेपालले स्पष्ट परराष्ट्र नीति बनाउन नसक्दा भारतीय राजदुतदेखि नेताहरुले सहजै नेताहरुको घरघरमा पुगेर नाडी छाम्ने काम गर्दै आएका छन् ।

घरघर चाहर्दै रञ्जित रे

Ranjit ray

फाइल तस्बिर

पराष्ट्र नीति नभएको फाइदा उठाउदै नेपालका लागि भारतीय राजदुत रञ्जित रे नेताहरुको घर घरमा पुगेर उपर खुट्टी लगाएर नेताहरुको नाडी छाप्ने काममा व्यस्त भएका छन् । दुई महिनादेखि भारतले जारी राखेको नाकाबन्दीको बारेमा बुझ्न राजदुत रे कहिले सिंहदरवार, कहिले लाजिम्पाट, कहिले महारागन्ज त कहिले हात्तिबन चाहारी रहेका हुन्छन् ।

नेताहरुसंग भेटको लागि राजदुत रेले समय समेत लिने गरेका छन् । नेताहरुसंग भेटघाट गर्दा उनले कसैलाई पनि साथमा लिने गरेका छैनन् । देशको समस्या समाधान गर्नको लागि गृहकार्यमा लागेका बेला राजदुत रेको सक्रियता पनि ह्वात्तै बढ्ने गरेको छ। नेताहरुलाई भेटेर नेपाल र नेपालीको नाडी छाम्ने काम गर्दा समेत नेताहरुले कुटनीतिक मर्यादा विपरीत घरघरमा आउने राजदुत रेलाई भेट दिन अस्वीकार गर्दैनन ।

राजदुत भएपछि सामान्य मुल्य मान्यतालाई लत्काउदै उनी नेपालका राजनीतिक दललाइ निर्देशन दिन समेत पछि पर्दैनन । राजदुत रेको भन्दा पनि पराष्ट्र नीति बनाएर घरघर घुम्दै हिडने व्यक्तिलाई बाध्न नसक्नु सरकारकै कमजोरी हो ।

तीन महिनादेखि दिल्लीमा काम विहीन उपाध्यय

Deep-Kumar-Upadhyay

फाइल तस्बिर

नेपालका लागि भारतीय राजदुत नेताहरुको घर घर चाहर्दा उत्ता भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्ययले तीन महिनादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएका छैनन ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीको बारेमा जानकारी लिन खोज्दा समेत राजदुत उपाध्ययले समय पाउन नसकेको बताउंछन । उनले पटक–पटक प्रधानमन्त्रीसंग समय मागेर छलफल गर्न खोजेपनि भारतले पूर्ण रुपमा वेवास्ता गर्दै आएको छ ।

यता रञ्जित रे भने जतिखेर भन्यो त्यतिनै खेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रमखु राजनीतिक दलका नेताहरु सहज भेटने गरेका छन् ।

चेतावनी दिदै फर्किए जोली, अलमलमा ओली

bijaya jolly bjp

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका नेता विजय जोली सुटुक्क नेपाल आए । उनले कुटनीतिक मुल्य मान्यता मान्ने कुरै भएन । नेपाल आएर जोलीले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरे । उनले सरकारको नाडी छामे । कांग्रेसंगको कुरा बुझे, आन्दोलनरत मधेसी मोर्चाका नेताको कुरा सुने ।

प्रधामन्त्रीसंग जोलीले भारतीय विरोधी भावना नेपालमा बढेकोप्रति निकै गम्भीर भएर कुरा गरेको वालुटार स्रोत बताउंछ । जोलीले भारतले नाकाबन्दी नगरेको दावी गर्दै नेपालको समस्या समाधान नभएसम्म भारतबाट सहज रुपमा मालवहाक सवारी साधन भित्रन नसक्ने बताएका थिए ।

जवाफमा ओलीले नेपालको समस्या समाधान गर्न सरकार गम्भीर रहेको र भारतले आन्दोलनलाई कारण देखाउदै नाकाबन्दी गर्नु गलत रहेको बताएका थिए ।

यो पनि पढ्नुस्।

संघीय समावेशी मोर्चाले अघिसार्यो नौ सूत्रीय माग

प्रचण्डले प्रतिवेदन लेख्दा ओलीलाई तनाब

सुरक्षाको लागि सेना परिचालन हुन्छः उपप्रधानमन्त्री रावल

बाबुराम भट्टराईले सोधे–सरकार कहाँ छ ?