८ साउन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु हुनुअघिको भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ । चीनको बेइजिङस्थित नेशनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई तीन शुन्यले पराजित गरेको हो ।

चेल्सीका लागि मिसी बासुआइले दुई तथा विलियनले एक गोल गरे । मैत्रीपूर्ण खेलमा दुवै टिमले दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेका थिए । यस्तै, हङकङमा भएको अर्को खेलमा लिभरपुलले लेष्टर सिटीलाई दुई एक गोलले हराएको छ ।

इङलिस प्रिमियर लिगको पहिलो खेल अगस्ट एघारवाट शुरु हुदैछन । लिग शुरु हुनुअघि मैत्रीपूर्ण खेलका लागि इंग्लिस क्लबहरु विभिन्न देशमा पुगेका छन् ।