१३ भदौ, काठमाडौं ।

नेपाली सङ्गीत आकाशमा उदायका थुप्रै नाम मध्य एक हो सुरेन्द्र थपलिया । शब्द रचना मर्फत साङ्ग्गीतिक फाँटमा आएका सुरेन्द्रलले आफ्नो एकल शब्द रचनामा ‘स्मरण’ नामक एल्बम बजारमा ल्याएसँगै उनी चर्चामा आयका थिए् ।

केही समयको अन्तरालपछि सुरेन्द्रले फेरि अर्को म्युजिक भिडियो ल्याएका छन् । स्मरण एल्बमको डोईट गीत चोखो माया दिन्छु तिमिलाईको भिडियो सर्बजनिक गरियको छ ।

राम सिटौलाको सङ्गीतमा दिपक लिम्बु र देभिना भट्टराईले आवज दिएको उक्त गीतमा मुकेश अधिकारी र कशिस दाहालको अभिनय रहेको छ । दिनेश अधिकारीको निर्देशन गरेको उक्त भिडियो जनक अधिकारीले खिचेका हुन । भिडियोको सम्पादन भने बिरेन्द्र भट्ट बिपिन र दिलिप योन्जनको रहेको छ ।

हिटस एफ एम म्युजिक अवार्ड पाउन सफल यो एल्बममा चार वटा गीत समाबेश गरिएको छ । पहिला नै एउटा गीतको भिडियो सर्बजनिक गरिसकिएको उक्त एल्बमको यो दोस्रो भिडियो हो ।

अब छिट्टै अर्को भिडियो पनि सर्बजनिक हुने रचनाकार सुरेन्द्र थपलियाले जानकारी दिए ।