एजेन्सी ।

म एक दिन चर्चित बन्नेछु, यो मेरा वाचा हो, चाहे त्यो अमेरिकाको राष्ट्रपति नै किन बन्न नपरोस् । ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५८ बर्षअघि १२ बर्षको उमेरमा आफ्नो साथी पोल ओनिससँग रिसको झोकमा गरेको वाचा हो यो र अहिले साँचो भएको छ ।

७० बर्षीय ट्रम्प गत शुक्रबार अमेरिकाको ४५औँ राष्ट्रपतिको रुपमा शपथ लिए । ट्रम्पका बारेमा मिडियाले उनकी दिदि, छोरा तथा साथीसँग गरेको कुराकानीका आधारमा पहिले नसुनिएका ट्रम्पका १० कहानीहरु यहाँ बताइँदै छ ।

एलिजाबेथ ट्रम्प(दिदि) – ट्रम्पलाई कुर्न पटक्कै मन पर्दैन । सन् १९८७ तिर ट्रम्प र म मिटिङ सकेर होटल बाहिर पार्किङबाट गाडी निकाल्न ५ मिनेटबढी कुर्नु पर्यो । उनले आफू बेइज्जत भएको महसुश गरे र मलाई गाडी ल्याउन लगाएर आफू सिधा कार कम्पनी क्याडेलिकको अफिस पुगे । त्यहाँ पुगेर उनले सुनको गाडी मगाए ।’ सन् १९८८ मा क्याडेलिक कम्पनीले ट्रम्पले भनेअनुसारको २४ क्यारेट सुन प्लेट भएको लिमोजिन कार तयार गरिदियो । ’

पोल ओनिस (स्कूलका साथी) – ‘ट्रम्पको सुरुवाती पढाई न्युयोर्क उनको घर छेउको ‘किटरगार्डन स्कूल क्यु फरेस्ट’मा भएको थियो । उनका पिता यो स्कूलका बोर्ड मेम्बर थिए, यसै कारण उनी निकै उपद्रो गर्थे तर कोहीले पनि उनलाई सजाय दिन सक्दैन थिए । त्यो बेला राम्रो नपढाएको भन्दै ट्रम्पले एक शिक्षिकालाई थप्पड लगाएका थिए, तर उनले राम्रै पढाईरहेकी थिइन् । ति शिक्षिकाले प्रिन्सिपललाई भनिन्, तर ट्रम्पलाई केही सजाय मिलेन । बाहिर निस्किएर शिक्षिकाकै अगाडि नाच्न थाले ।’

स्यारोन एन मजरेला (ट्रम्पका क्यु फरेस्ट स्कूलका साथी) – धनी बाउका बिग्रेका छोरा भनेर चिनिएका एक पटक ट्रम्प चक्कु लिएर स्कूल आउने गर्थे । जब उनलाई कक्षामा पढ्न मन लाग्दैन थियो, तब केही उपद्रो गर्थे अनि कक्षाबाट भाग्थे । कक्षाकै साथी पीटरसँग मिलेर यस्तो धेरै पटक गरे । यद्यपी, धेरै उपद्रो गरेपछि ट्रम्पलाई एक दिनका लागि स्कूलबाट सस्पेन्ड पनि गरिएको थियो ।’

मार्क गाल्डिंग (मिलिट्री एकेडमीका साथी) – ‘जब मिलिट्री एकेडमीमा ट्रम्प भर्ना भएर आए, उनलाई न ओछ्यान लगाउन आउथ्यो, न त कपडा–जुत्ता सफा गर्न नै आउथ्यो । किनकि, यी सबै काम घरमा नोकरले गर्ने । तर स्कूलमा आएर यी सबै सिक्न धेरै महिना लगाएका थिए । त्यतिबेला म उनलाई निकै मद्दत गर्थे ।’

पोल ओनिस (स्कूलका साथी) – एक पटक ट्रम्प र म फिल्म हेर्न भनी हल पुग्यौ । तर, हाम्रो टिकेट हराएकाले चौकीदारले गलत्यार बाहिर निकाल्यो । ट्रम्पलाई थोरै चोट लाग्यो, उनले घरमा गएर बुबालाई सुनाए । सानैबाट बुबाको प्यारो रहेका ट्रम्पले मिलिट्री एकाडेमी पुनः पठाउने भए त्यो सिनेमा घर पुरै किनीदिन सर्त राखे । अन्तत: ट्रम्पलाई किनिदिन कर लागेको थियो ।

स्यारोन एन मजरेला (साथी) – ‘ट्रम्पलाई केटीहरुको कपाल तान्ने नराम्रो बानी थियो । तर, उनी कहिल्यै आफ्नो गल्ति मान्दैनथे । एक पटक मेरो पनि ताने, मैले पछाडि फर्केर टिफिनले टाउकोमा हानिदिए र त्यही टिफिन लिएर लखेटिरहे जबसम्म उनी स्कूलदेखि बाहिर गएनन् । स्कूल समयमा कक्षा कोठामा सबैलाई दुःख दिने खराब केटाको रुपमा चिनिन्थे ।’

एरिक ट्रम्प (छोरा) – त्यसो त ट्रम्पलाई आफ्नो पुरै परिवारप्रति निकै मोह छ । तर सबैभन्दा बढी छोरी इभान्काप्रति उनको लगाव बढी छ ।

एक पटक दुर्घटनामा परेर इभान्कालाई २ दिन हस्पिटलमा राख्नुपर्यो त्यो समय ट्रम्प दुई दिनसम्म अस्पताल नै बसेका थिए । जतिसुकै महत्वपूर्ण मिटिङमा रहेपछि इभान्का र जुनियर डोनाल्डको फोन उठाएकै हुन्छन् ।’

मार्क गोल्डिंग (मिलिट्री एकाडेमीका साथी) –‘ट्रम्प कहिल्यै पनि आफ्नो प्रतिद्वन्दी अघि भएको चाहदैन थिए । मिलिट्री एकेडेमी रहदा एक पटक अर्को समूहको क्याप्टेनसँग बोक्रा नतासिएको सुन्तला खाने सर्त भयो । परेडपछि सबैलाई दिइएको सुन्तला ट्रम्प र अर्को समूहका क्याप्टेनको अगाडि राखियो । सर्त पुरा गर्ने जिद्धिपनले गर्दा स्वास्थ्य खराब हुने थाहा पाउँदा पाउँदै ट्रम्पले ५० वटा सुन्तला बोक्रसँगै खाए ।’

पोल ओनिस (साथी) – दुख दिने र नराम्रो व्यवहारका कारण ट्रम्पलाई ट्रायल म्याच टिममा सहभागी हुनबाट बञ्चित गरियो । तब उनले रिसको झोकमा भनेका थिए, ‘एक दिन म चर्चित बन्नेछु, तब सबैले मलाई इज्जत गर्नेछन् । यो मेरो वाचा भयो, त्यसका लागि चाहे अमेरिकी राष्ट्रपति नै किन नबनु ।’

मार्क गोल्डिग(साथी) – ‘ट्रम्पलाई आफ्नो कपालप्रति निकै लगाव छ । एक पटक परीक्षा दिनजाने क्रममा ट्रम्पले कपाल मिलाइरहे, जसका कारण उनको परीक्षा छुटेको थियो । ट्रम्पलाई लामो कपाल मन पर्थ्यो । यद्यपी, मिलिट्री स्कूलको नियमअनुसार कपाल लामो राख्न नपाइने थियो ।’