८ चैत, एजेन्सी ।

फोर्ब्स पत्रिकाले निकालेको विश्वका धनी व्यक्तिको सूचिमा माइक्रोसफ्टका सह–संस्थापक पहिलो स्थानमा परेका छन्।

बिल गेट्सको सम्पत्ति ८६ अरब डलर आंकडा गरिएको छ। सूचीमा उनी लगातार चौथो बर्ष पहिलो स्थानमा बस्न सफल छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सूचिमा अघिल्लो वर्षभन्दा २२० स्थान तल झरेर ५४४ औँ स्थानमा पुगेका छन् ।

त्यस्तै, दोस्रो स्थानमा बर्कशायर ह्याथवेका प्रमुख वारेन बफेट छन्, जसको सम्पनी १७.९ अरब डलर बताइएको छ भने तेस्रो स्थानमा अमेजनका संस्थापक जेस बेजोस छन्, उनको सम्पति ७२.८ अरब डलर आंकडा गरिएको छ ।

विश्वका १० धनी व्यक्तिको सूचिमा को-को छन् ?

१. बिल गेट्स(माइक्रोसफ्ट निर्माता) – ८६ अरब डलर
२. वारेन बफेट(ह्याथवेका प्रमुख) – ७५.६ अरब डलर
३. जेस बेजोस(अमेजनका संस्थापक) – ७२.८ अरब डलर
४. अमानिको ओर्टेगा – ७२.२ अरब डलर
५. मार्क जुकरबर्ग(फेसबुक संस्थापक) – ७०.० अरब डलर
६. कार्लोस स्लिम – ५९.५ अरब डलर
७. ल्यारी एलिसन(ओरकेल) – ५२.२ अरब डलर
८. चाल्र्स कोच – ४८.३ अरब डलर
९. डेविड कोच – ४८.३ अरब डलर
१०. माइकल ब्लूमबर्ग – ४७.५ अरब डलर

फोर्ब्सका अनुसार, पछिल्लो बर्षको तुलनामा यस बर्ष अरबपतिको संख्या १३ प्रतिशतले बढेर २,०४३ पुगेको छ । यो पत्रिकाले ३१ बर्षदेखि यो तालिका निकाल्दै आएको छ ।

फोब्र्सको यस सूचिमा अमेरिकाका सबैभन्दा बढी ५६५ अरबपतिहरुको संख्या रहेको छ । त्यस्तै, चीनका ३१९ अरबपतिको साथ दोस्रो स्थान र जर्मनी ११४ अरबपतिका साथ तेस्रो स्थानमा छ ।