कुशल श्रेष्ठ

अकस्मात तौलमा घटबड, हरमोन परिवर्तन, यौवनावस्था, गर्भावस्था अनि मांशपेसी बढाउने भारी कसरतलगायत अन्य कारणले गर्दा पेट, घुँडा, काखी, पिठ्यूँ र अन्य भागको भित्रीछाला ‘डर्मिस’ च्यात्तिने अवस्था आउन सक्छ। यी कारणहरूलगायत छालामा ‘कोलाजेन’ नामक फाइबरको अनुपस्थितिले पनि छाला च्यात्तिने समस्या आउन सक्छ।Stretch Marks (1)

हुन त यसले स्वास्थ्यमा कुनै हानि त पुर्याउँदैन साथै समयसँगै यो दाग हराएर जान्छ। तथापी, शारीरिक सुन्दरतालाई ध्यान दिने हो भने यसले लाजमर्दो अवस्थाको सिर्जना गराउन सक्दछ। अझै महिलाहरूले आफ्नो जीवनमा कुनै न कुनै बेला यस्तो समस्याबाट गुज्रिनै पर्ने हुन्छ। प्राकृतिक खत भईकन पनि कुनै महिलाहरूले यस्तो कुरुपता सहन सक्दैनन् र अनेकौँ उपाय अपनाउन थाल्छन्। कसैले क्रिम लगाउँछन् भने कसैले त सर्जरी समेत गर्छन्। तर क्रिम लगाउनु अनि सर्जरी गर्नु भनेको महङ्गो र खतरनाक बाटो हो। त्यसबाहेक घरमै बसेर प्राकृतिक विधिबाट पनि च्यात्तिको छालाको खतलाई हटाउन सकिन्छ। हो, समय अवश्य लाग्छ, तर सञ्चो हुन्छ!

च्यात्तिएको छालालाई निको पार्ने घरेलु उपायहरू:-
१. चिनी
  • २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्।
  • त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस्।
  • १० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।Stretch Marks (2)
२. आलु

आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन-ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले;

  • आलुलाई काटेर मोटो चिरा बनाउनुहोस्।
  • त्यसलाई दागमा दल्नुहोस्।
  • केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस्।
  • दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।
३. सुपारी

सुपारीमा प्रशस्त भिटामिन-ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले;

  • सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्।
  • ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउनुहोस्।
  • त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्नुहोस्।
  • राति यसको लेप लगाएर विहान उठेर पखाल्नु उचित हुन्छ।
  • खत नहराउञ्जेलसम्म यो विधि अपनाउनुपर्दछ।
४. घिउकुमारी

घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुहोस्। यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउनुहोस् र १०/१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

५. अण्डाको सेतो भाग

उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।

यो पनि हेर्नुहोस्-
चिनीले ठीक गर्छ फुटेको कुर्कुच्चालाई, कसरी? जान्नुहोस् अन्य ३ घरेलु तरिका…
चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…
उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा
बेलाबेला हाम्रो आँखा किन फरफराउँछ? कसरी रोक्ने?
तुलसीको पात पवित्र मात्र होइन स्वस्थ पनि हुन्छ, स्वास्थ्यमा यसको फाइदालाई जानिराखौँ…