२०१६/१७ लागि च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुँदा स्पेनिस महारथी बार्सिलोना र इंगलिस म्यानचेस्टर सिटी एउटै समूहमा परेका छन् ।

14102105_1426538490709431_319515024_n

यस अघि बार्सिलोना हुँदै बायर्न म्युनिख पुगेको पेप ग्वार्डिओला यतिखेर सिटीमा छन् र यी दुई क्लब ८ समूह मध्ये समूह सी एउटैमा परेका हुन् । यो समूहमा बार्सिलोना, म्यान सिटी, सेल्टिक र बोरुसिया मोन्चेनग्लादावाच छन् । गत वर्ष पनि च्याम्पियन्सलिगमा बार्सिलोनाले सिटीलाई पाखा लगाएको थियो ।

त्रिशुलीमा डुबेको ट्रकबाट यसरी बाँचे ७ जना

स्टार खेलाडीहरु मेसी, सुवारेज र नेयमारको लयलाई रोक्न ग्वार्डिओलाले कस्तो रणनीति बनाउलान त्यो हेर्न भने बाँकी नै छ । गत सिजनको लिग विजेता रियल म्याड्रिड भने समूह एफमा फरेको छ । यसमा बोरुसिया डर्टमुन्ड, स्पोर्तिगं सिपी र लेजिया छन् । ग्रुप एचमा युभेन्ट्स, सेभिया, लियोन र डिनामो जाग्रेब छन् ।