१५ कात्तिक, धरान ।
तुम्लिङ्टारबाट धरान तर्फ जाँदैगरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभाखोला–लेगुवा सडक खण्ड अन्र्तगतको दारेगौडामा भएको दुर्घटनामा षडानन्द नगरपालिका ६ भोजपुरका मोटरसाईकल चालक मदन खड्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट करिव दुई सय मिटर तलको सभाखोला खस्दा को २३ प ९०६९ नम्बर मोटरसाइकलका चालक खड्गीको मृत्यु भएको प्रहरी निरिक्षक बेदप्रसाद गौतमले बताए । गाडिलाई उछिनेर अगाडि बढ्ने क्रममा मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना भएको प्रहरी निरिक्षक गौतमले बताए । सभाखोला–लेगुवा सडक खण्डमा साँघुरो सडक भएकाले दुई तर्फि यातयात सञ्चालनमा समस्या हुने गरेको छ ।

त्यसैगरी सङ्खुवा खोलामा एक महिलाको शव भेटिएको छ । भोजपुर र संखुवासभाको संगम स्थल डुम्मामा खोलाले बगाएर ल्याएको अवस्थामा खोला किनारमा भेटिएको ताम्कु प्रहरी चौकीले जनाएको छ । शव शिलिचोङ गाउँपालिका–३ ताम्कु मुल गाउँका ५० बर्षिय हर्कमाया राईको रहेको प्रहरीले जनाएको छ ।

मृतक तीन दिनदेखि हराईरहेको परिवारले जनाएको छ । प्रारम्भीक अनुसन्धानमा मृत्तक राईले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । शबको पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।