१७ मंसिर, विराटनगर । बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो ।

त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

खेल्ने क्रममा घर नजिकको पोखरीमा बालक डुबेका थिए । उनको सुकुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।