सिमकोट,७ असोज । हुुम्ला जिल्लाको चंखेली र सर्केगार्ड गाँउपालिकामा भएका छुुट्टा छुुट्टै घटनामा चार जनाको मृृत्युु भएको छ ।

दशैका लागि घर पोत्ने कमेरो माटो ल्याउने क्रममा माथिवाट ढिस्को खस्दा नंखेली गाँउ पालिका वडा नम्वर २ भट्टेवाडा निवासी २८ वर्षका सुुरेन्द्र उपाध्याय र १३ वर्षका सृृजन चौलागाईको पुुरिएको अवस्थामा उद्धार गर्ने क्रममा मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु वहादुुर सिहले वताए ।

गाँउवाट २ सय मिटर टाढाको लोती खोलामा माटो लिने क्रममा निजहरुको मृृत्युु भएको हो । यता रुखमा रहेको वन मौरीको घारवाट मह निकाल्ने क्रममा रुख च्यातिदा सर्केगार्ड गाँउ पालिका वडा नम्वर २ का ६५ वर्षका गोल्से वुढाथोकी र रति रावतको उपचारका लागि उद्धार गर्ने क्रममा मृृत्युु भएको स्थानीय गणेश महताराले वताएका छन् ।