प्रयास पराजुली/टिप्पणी

संसदको बैठकमा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र नेकपा माओवादी केन्द्रलाई डेढ घण्टा लामो लोकतन्त्रको पाठ सिकाए । अधिकाशं समय चितवनको भरतपुरमा मतपत्र च्यातिएको विषयमा समय खर्चिएका ओलीले निकै छुद्र बोलीमा भाषण गरे । निकै पट्यार लाग्दो गरी भाषण गरेका ओलीले क्रिकेटको उदारणमा उल्टो तथ्य भनेर हास्यपात्र बने ।

यो पढ्नुस् : ओलीले संसदमै बोले अर्को ठूलो झुट, यस्तो छ वास्तविकता

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कटाक्ष गरेर प्रश्न गरे । राष्ट्रियता र लोकतन्त्रको पाठ सिकाए । ओलीले प्रचण्डले राजिनामा दिएको विषयमा निकै चिन्ता व्यक्त गरे । प्रचण्ड नेतृत्वको सरकारले गरेको लोडसेडिङ हटाउने कामलाई राम्रो भन्ने हिम्मत समेत ओलीले गर्न गरेनन् ।

डेढ घण्टाको समय देउवा र प्रचण्डलाई गाली गर्न खर्चिए । राम्रो र सकारात्मक कुराको प्रसंग नै ओलीले कोटयाउन चाहेनन वा सकेनन् । लोकतन्त्रमा प्रधानमन्त्री परिवर्तन हुन सरकार परिवर्तन हुनु सामान्य प्रक्रिया मानिन्छ । तर ओलीले आफूले सरकारबाट छोड्दाको पीडाजस्तै प्रचण्डले राजिनामा दिएकोप्रति निकै चिन्ता प्रकट गरे ।

यो पढनुस्: ओलीलाई प्रचण्डको प्रतिप्रश्न, लोकतन्त्रको निष्ठाप्रति कति प्रमाण चाहियो ?

चितवनमा मतपत्र च्यातिएको विषय सर्वोच्च अदालतमा रहदा पनि ओलीले पुनः गिजोल्ने काम गरे । निर्वाचन आयोगको वैधानिकतामाथि नै प्रश्न चिन्ह खडा गरे ।

ओलीले उठाएको प्रश्नमाथि कांग्रेस सभापति देउवाले नियम र कानुन अनुसार निर्वाचन आयोगले गरेको निर्णय किन मान्ने ? भन्ने प्रतिप्रश्न तेर्स्याउदै यस्ता घटना विगतमा पनि घटेको बताए । ओलीले कांग्रेस र माअ‍ोवादीमाथि नै राष्ट्रियताको प्रश्न उठाएपछि जवाफमा देउवाले कांग्रेसलाई राष्ट्रिय र लोकतन्त्रको पाठ सिकाउन आवश्यक नरहेको भन्दै आक्रोश व्यक्त गरे ।

विशेषगरी तराईमा विग्रिएको छवि सुध्रान ओलीले कांग्रस पार्टी विभाजनको श्रृंखला नै पेस गरे । सहमति र सम्झौता पालना नभएको भन्दै कांग्रेसमाथि खनिए । ओलीले मधेसमा आफ्नो पार्टीप्रति भ्रम फैलाएको भन्दै निकै असन्तुष्टि जनाए । ओलीले पार्टीगत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लक्षित गरेर भाषण गरेपछि प्रचण्डले पनि सटिक र कुटनीतिक रुपमा ओलीलाई जवाफ दिए ।

यो पढ्नुस् : ओलीलाई यसरी दिए देउवाले जवाफ

ओलीले प्रचण्डलाई जुंगा देखाउदै भाषण गरेपछि जवाफमा प्रचण्डले ओलीले के को लाज ? छ भने अझै भन्नुहोस म सामना गर्न तयार छु भनेपछि ओली निकै मलिन भएका थिए । प्रचण्डले ओलीलाई दम्भ र अहंकार नराख्न समेत चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको भाषणले केही मनोरञ्जन त दियो होला तर असल संस्कार भने झल्कन सकेन । पूर्व प्रधानमन्त्री भएको व्यक्तिले संसद जस्तो स्थानमा बोल्दा के बोल्न हुने के बोल्न नहुने समते छुटयाउन सकेनन् । गलत तथ्य र तथ्याङ पेश गरेर संसदलाई नै उल्लु बनाउने काममा ओलीले दिएको अभिव्यक्तिले सबैतिर आलोचनाको बर्षा भइरहेको छ ।

ओलीले नाकाबन्दीमा लिएको कदम ठिक भएपनि संसदीय राजनीतिमा आफू विपक्षमा बस्नु पर्यो भन्ने वित्तिकै नेताहरुको उछितो काटने कामले ओलीको कद घटाएको छ ।

यतिसम्म कि प्रधानमन्त्रीमा देउवा निर्वाचित भएपनि लोकतान्त्रको सामान्य मुल्य मान्यता अनुसार बधाई समेत नदिइ ओलीले अहंकार देखाएर बाहिरिए । यसबाट पनि प्रमाणित हुन्छ ओलीले किन डेढ घण्टा लोकतन्त्रको पाठ पठाएर अन्तिममा आफू नै देउवालाई बधाई नदिइ बाहिरिए ।