घनश्याम बुढाथोकी

१८ फागुन, दाङ । रोल्पामा बाबुछोराको बिवाद हुदा छोराले घरमा आगो लगाएपछि बाबुको जलेर ज्यान गएको छ भने दुइ घर नष्ट भएका छन् । दुबिडाडा गाविस वडा नं ३ बाइजा स्थीत एक घरमा गयराती बिवादले उग्र रुप लिदा छोरा सागर खत्रीले घरमा लगाउदा आगोमा परि करिव ४५ वर्षीय बाबु दल बहादुर खत्रीको डढेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आगलागीबाट सो घर संगै रहेको आफन्त खिम बहादुर खत्रीको घर पनि जलेर नष्ट भएको छ । घरमा रहेका सवै अन्नपात,लत्ताकपडा ,धनमाल ,गरि लाखौको क्षती भएको अनुमान गरीएपनि क्षतीको एकीन बिवरण आउन भने वाकी रहेको जनाइएको छ । होलेरी बजार वाट करिव २ घण्टाको पैदल दुरी मा पर्ने घटनास्थलका बारेमा थाहा पाउने बित्तीकै गयरातीनै इलाका प्रहरी कार्यलय होलेरीबाट गएको प्रहरीले स्थानियको सहयोगमा आगोलाइ नियन्त्रणमा लिएको थियो । पुर्णरुपमा जलेको अवस्थामा रहेको देव बहादुरको शवलाइ प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय होलेरीका प्रहरी सहइन्चार्ज सहदेव डागीले जानकारी दिए। फरार रहेका अभियुक्त सागरको भने खोजी कार्यलाइ तिब्र पारिएको इलाका प्रहरी कार्यलय होलेरीले जनाएको छ ।