४ असोज, धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार राजापाले आफ्नो अग्रता कायमै राखेको छ ।
राजपाका उम्मेद्वार लालकिशोर साहले १ हजार ७४ मत पाएका छण । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका मनोज कुमार साह ७०४ ल्याएका छन ।
त्यस्तै, नेकपा एमालेका लक्ष्मीनारायण भगतले ५४ मत पाएर तेस्रो स्थानमा छन ।
यसैगरी, उपमेयरमा राजपाकै रीता झा ४६४ मत ल्याएर अग्रस्थानमा छन भने ३८२ मतका साथ नेपाली कांग्रेसकी निलम कर्ण दोस्रो स्थानमा छन । एमालेकी पूनम मिश्रा ५९ मताका साथ तेस्रो स्थानमा रहेकी छन ।