काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा बुधबार भरतपुरमा झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

स्व. पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए।

वाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एवं स्व प्रकाश दाहालको शोक सभामा गीत गाउँदा गाउँदै अचेत भई उपचारका क्रममा हृदयाघातका कारण पाख्रिनको निधन भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै पाख्रिनको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति भएको जनाएका छन्।