५ मंसिर, काठमाडौं । चितवनमा बामगठबन्धनको चुनावीसभाका क्रममा जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ ।

पाख्रिन अचानक ढलेपछि उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएका थियो । उनको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्रमा आयोजित सभामा गीत गाउँदा गाउँदै ढलका थिए ।