८ माघ, काठमाडौं ।
उपेन्द्र यादवले नेतृत्व गरेको संघीय गठबन्धन फुटने भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका गठबन्धनका संयोजक यादवले गठबन्धनको मुल्य र मान्यता विपरीत चलेको भन्दै आदिवासी जनजाति दल बाहिरिने भएका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र संयोजक नतोकिएको अवस्थामा उपेन्द्र यादवले रातारात जनजाति लगायतका दलहरुलाई समावेश गरेर संघीय गठबन्धन निर्माण गरेर आफूलाई संयोजक घोषणा गरेका थिए । यादवले संयोजक घोषणा गरेपछि मधेसी मोर्चामा आबद्ध दलहरु रुष्ट भएका थिए । संघीय गठबन्धनका संयोजक यादव सहित दलहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्न मतदान गर्ने संकेत गरेपछि जनजाति आबद्ध दल पनि रुष्ट भएका थिए ।

फाइल तस्बिर

गठबन्धनका संयोजक यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच देखिएको साँठगाठको कारणले गर्दा पनि जनजाति सम्बद्ध दलले संघीय गठबन्धन छोडने घोषणा गरेको छ । यादवले संघीय गठबन्धनको आडनमा मधेसी मोर्चामा आबद्ध दलहरुलाई वेवास्था गर्दै आएका थिए । जनजाति दलहरुले यादवको साथ यादवले संघीय गठबन्धनको आडनमा मधेसी मोर्चामा आबद्ध दलहरुलाई वेवास्ता गर्दै आएका थिए । जनजाति दलहरुले यादवको साथ छोड्ने चेतावनी दिएपछि सबै भन्दा अपठ्यारोमा उपेन्द्र यादव परेको बताइएको छ ।

ज्नजाति दलमा आबद्ध एक नेताले भने,‘उपेन्द्र यादवसँग बसेर अब हाम्रो माग पूरा हुँदैन, त्यसैले भनेरै आ आफ्नो बाटो लागौं भनेका हौं, उहाँले एकै ठाउँमा बसौ भनेर जोडबल गरिरहनुभएको छ तर अब एकै ठाउँमा बस्ने त कुरै छोडौ एकै ठाउँमा बसेर छलफल गर्ने अवस्था समेत छैन् ।’ भट्टराई र यादव दुवैले जनजाति दलका नेताहरुलाई मिलेर जान आग्रह गर्दै आएका छन् ।