९ माघ, काठमाडौं।
माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्र विक्रम चन्दले ठूला पार्टीका शीर्ष नेताहरुले जनतालाई कार्ड बनाएर अवैध धन्दा चलाईरहेको आरोप लगाएका छन् ।

फाइल तस्बिर

अनेरास्ववियु क्रान्तिकारीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ठूला दलहरुका शीर्ष नेताहरुले अवैध धन्दा चलाईरहेको आरोप लगाएका हुन ।

अहिले राज्यसत्ता नै जनताको विरुद्धमा रहेको टिप्पणी गर्दै चन्दले राज्यसत्तालाई जनताको पक्षमा ल्याउन काठमाडौंका चोक चोकबाट आन्दोलन थालिने पनि बताए ।

उनले अहिले परिवर्तनकारी शक्तिलाई पाखा लगाउने खेल भएको भन्दै यसको भण्डाफोर गर्ने चेतावनी समेत दिए ।

यो पढ्नुस्।
विश्वकै खतरनाक देशका विश्व चर्चित ९ सुन्दरी
नेपाल औषधी उद्योग लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन सरकारले नयाँ मेसिन खरिद गर्ने