२० वैशाख, खोटाङ । जन्ती गएर फर्कनेक्रममा खोटाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

भीरबाट लडेर दिक्तेल–९ होरखाका ५४ वर्षीय धनबहादुर कार्कीको ज्यान गएको हो । हौंचुरबाट दुलही लिएर नेर्पातर्फ जानेक्रममा दिक्तेलको तालखर्क र लालीबीचको भैले खोलाको भीरबाट लडेर कार्कीको ज्यान गएको हो । 

बुधबार राती ९ बजे लडेर ज्यान गुमाएका कार्कीको शव पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा ल्याइएको आफन्तले जनाएका छन् ।