ज्योतिष शास्त्रका अनुसार जन्मदिनमा ब्यक्तिको वर्ष दिनको कुण्डली तयार हुन्छ । यसकारण जन्मदिनमा धेरै कुरामा ध्यान दिनु पर्छ । जन्मदिनको दिन गर्न नहुने ७ काम बारे शास्त्रमा उल्लेख गरिएको छ ।

हप्तामा यी ३ दिन काट्नु हुँदैन दारी र कपाल

जन्मदिनमा के गर्नु हुँदैन ?

१ – जन्मदिनको अवसरमा कपाल वा नङ काट्ने काम अशुभ मानिन्छ । जन्मदिनमा नङ र कपाल काट्दा यसले आयुमा नकारात्मक असर पार्ने धार्मिक मान्यता छ ।

birthday not to do list 1

२- जन्मदिन मनाउँदै हुनुहन्छ भने जीव हत्याबाट बँच्नुस् । जन्मदिनको दिन कुनै पनि प्रणिको हत्या अशुभ मानिन्छ । यसो गर्दा जन्मदिमै श्राप प्राप्त हुने शास्त्रमा उल्लेख छ । जसको असर कुण्डलीमा समेत पर्छ ।

फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले- जान्नुहोस् कस्ता व्यक्तिले खानुहुँदैन कागती

birthday not to do list 2

३- कुनै योगी वा भिखारी माग्न आएमा अपमान नगर्नुस् । जन्मदिनको दिन यस्ताको अपमान गर्दा कुण्डलीमा नकारात्मक असर पर्ने शास्त्रमा उल्लेख छ । जन्मदिनको दिन दान धर्ममा समय दिनुस् ।

birthday not to do list 3

४- अधिकाँशले जन्मदिन मनाउँदा मदिरा सेवन गर्ने गर्छन् । यसो गर्दा तपाइँलाई शनिको खतरा पनि बढ्छ । मदिरा सेवन नगर्ने ब्यक्तिलाई शनिको दशाले नछुने शास्त्रमा उल्लेख छ ।

साउदी अरवमा गर्नै नहुने १६ काम, गरे मृत्यु दण्ड पाइन्छ

birthday not to do list 4

५- जन्मदिनको दिन वाद विवाद वा झगडा गर्दा वर्ष भरी नै यस्तो झन्झटमा परिने शास्त्रको विश्वास छ । जन्मदिनको दिन वाद विवाद र झगडाबाट बँच्नुस् ।

birthday not to do list 7

६- जन्मदिनको दिन तातो पानीले नुहाउनु अशुभ मानिन्छ । जन्मिदनको दिन विहानै गंगाजल वा अन्य पवित्र जलले स्नान गर्नुस् । यसो गर्दा वर्षभरिको कुण्डलीमा सकारात्मक प्रभाव पर्ने ज्योतिष शास्त्रको भनाइ छ ।

विहीबारको दिन गर्नै नहुने ५ काम

७- जन्मदिनमा बाबु आमाको अपमान गर्नु सबैभन्दा खराव मानिन्छ । सके सम्म जन्मदिनको विहानै बाबु आमाको आशिर्वाद लिनुस् । यो दिन बाबु आमाको अपमान गर्नेको कुण्डली वर्षभरी खराव रहने धार्मिक विश्वास छ ।

birthday not to do list 6