१ माघ, एजेन्सी ।

अमेरिकामा अस्पतालवाट जन्मनासाथ चोरिएकी एक बालिका अठार बर्षपछि फेला परेकी छिन । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली अठार बर्षपछि फेला परेकी हुन ।

डिएनए परीक्षणबाट मोब्लीको पहिचान गरिएको हो । उनलाई अस्पतालवाट चोर्ने ५१ वर्षिया महिला ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाबाट नियन्त्रणमा लिएको छ ।

american-police

जन्मिएको ८ घण्टापछि नै स्वास्थ्य कर्मचारीको रुपमा आएकी महिलाले चोरेर लगेकी थिइन । २५ सय भन्दा बढी सूचनाको आधारमा मोब्लीलाई पहिचान गर्न सफल भएको प्रहरीले जनाएको छ । मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै आएकी थिइन् । विलियम्सले मोब्लीको नाम समेत परिवर्तन गरेको अनुसन्धानमा खुलेको छ ।