९ माघ, पोखरा ।
एमाले अध्यक्ष केपी शर्मा संविधान सरकारले जबरजस्ती संशोधन प्रस्ताव पारित गर्न खोजे अप्रिय घटना हुन सक्ने चेतावनी दिएका छन् ।

फाइल तस्बिर

उनले सरकारको मनसाय र संविधानको अन्तरबस्तु हेर्दा संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नसक्ने बताएका हुन् ।

एमाले केन्द्रीय मोर्चा संगठन कमिटीको राष्ट्रिय भेला तथा प्रशिक्षणको आइतबार पोखरामा उद्घाटन गर्दै ओलीले जसरी पनि संविधान संशोधन गर्न सरकार हदैसम्म गिरेको उनले आरोप लगाए ।

संशोधन राष्ट्रिय एकतालाई मजबुत बनाएर देशलाई समृद्धि बनाउने भन्दा पनि भौगोलिक अखण्डतालाई कमजोर पारेर नेपाललाई कमजोर बनाउने प्रयास भएको ओलीले बताए ।

जसरी पनि संशोधन गर्न खोज्दा अप्रिय घटना हुनसक्ने तर्फ सरकारले ख्याल राख्नु पर्ने चेतावनी दिदै ओलीले भने,‘सरकार चुनाव गर्छु त भन्छ तर पत्याइहाल्ने अवस्था छैन । नभए कानुन, विधेयक ल्याएको खोइ त ?’ भाषा, नागरिकता, धर्म संस्कृतिका नाममा विविधतालाई दुरुपयोग गरी राष्ट्र सिध्याउने खेल भएको उनले बताए ।

यो पढ्नुस्।
‘जनतालाई कार्ड बनाएर ठूला पार्टीका शीर्ष नेताहरुले अवैध धन्दा चलाए’