एजेन्सी । ‘कुछ–कुछ होता है’, ‘कभी अलविदा ना केहेना’ तथा ‘ऐ दिल है मुस्किल’जस्ता सुपरहिट लभस्टोरी फिल्म निर्माता करण जौहर आफ्नो प्रेम जीवनमा असफल भएका व्यक्ति हुन् ।

करणले भने, ‘मान्छेहरु भन्छन्, हिन्दी फिल्म बढी ड्रामाटिक हुन्छ, तर मलाई कतै–कतै वास्तविक जीवनसँग जोडिएको लाग्छ । म त्यही विवाहको मण्डपमा बसेको थिए, जहाँ मेरो प्रेम अरु कसैसँग विवाह गर्दैथियो र अब मेरो लागि साँचो प्रेम भन्ने कुरा धेरै टाढाको भइसकेको छ । म एक्लो, धनी व्यक्ति रहन चाहन्छु, ।’

करणलाई अरुको सुखी वैवाहिक जीवनदेखि डाहा लाग्न थालेको थियो । करण भन्छन्, ‘मैले वंश बढाउँन सेरोगेसीको साहारा लिएको होइन, वास्तवमा म एक्लो थिए । म पनि कोही माथि जिम्मेवार भूमिका निभाउँन चाहन्छु, जसरी मेरा लागि बुबाले कमाउँनु हुन्थ्यो, जिम्मेवारी पूरा गर्नुहुन्थ्यो ।’

करणका अनुसार, आफ्नो कामलाई उद्देश्य बनाउँनुहोस्, प्रेम जीवनलाई होइन । गत मार्च ५ का दिन आफू एकल पिता बनेको करणले आफ्नो ट्विटर मार्फत् आफ्नो शुभचिन्तकलाई जानकारी दिएका थिए ।