शास्त्रमा महाभारतलाई पाँचौँ वेद भनिएको छ । महाभारतको कथा जति ठूलो छ, उती रोचक पनि छ । यस ग्रन्थमा कुल एक लाख श्लोक छन् ।

यहाँ, महाभारतसँग जोडिएको एक रोचक प्रसंग प्रस्तुत छ, कथा हो क्रोधको प्रभावमा परि युधिष्ठिरको खुट्टाको नङ नै कालो भएकोबारे ।

कथाअनुसार, माहभारत युद्ध सकिएपछि पाण्डव धृतराष्ट्र र गान्धारीसँग भेट्न गए । त्यस समय गान्धारी पनि अन्यायपूर्व गरिएको दुर्योधनको वधदेखि क्रोधित थिइन् । पाण्डवहरु डराउँदै गान्धारीको छेउ पुगे ।

दुर्योधनको हत्याको बारेमा बोल्दै भीमले गान्धारीसँग भने, ‘यदि मैले अधर्मपूर्वक दुर्योधनलाई नमारेको भए म मारिने थिए । धर्मयुद्धमा दुर्योधनलाई कसैले जित्न सक्दैनन् ।’ त्यसपछि, गान्धारीले भनिन्, ‘तिमीले युद्धमा दुःशासनको रगत पियौ, के त्यो उचित थियो ?’ तब भीमले भने, ‘दुःशासनको रगत मेरो दाँतभन्दा अघि गएन । जुन समयमा द्रौपदीको कपाल दुःशासनले लुछेका थिए, त्यही समय मैले रगत पिउने प्रतिज्ञा गरेको थिए । मैले आफ्नो प्रतिज्ञा पूरा नगरेको मेरो क्षेत्रीय धर्म भङ्ग हुन्थ्यो।’

भीमपछि युधिष्ठिर गान्धारीसँग कुरा गर्न अगाडि बढे । माता गान्धारीको पाउ छोए। गान्धारीको क्रोधको प्रभाव युधिष्ठिरको खुट्टाको नङसम्ममा देखा पर्यो। युधिष्ठिरको नङको रंग कालो भयो ।

यो देखेर अर्जुन श्रीकृष्णको पछि लुके अनि नकुल, सहदेव पनि डराए । केही समयमा जब गान्धारीको क्रोध शान्त भयो, तब पाण्डवहरुले उनीबाट आर्शिवाद लिएर फर्के ।

सार: क्रोधले आफुलाई जलाउँछ, अनि अरुलाई जलाउँछ।

यो पढ्नुस्।

यदि यी योद्धा महाभारत युद्धमा आएका भए कौरव–पाण्डव सबै मारिन सक्थे