एजेन्सी । इटालीको एक चाइनिज रेष्टुरेन्टमा मान्छेको मासु बेचिने गरिएको खुलासा भएको छ । साही रेष्टुरेन्टको एक वेटरले सो कुराको खुलासा गरेको बताइएको छ । वेटरले मान्छेको शरीरको कोही टुक्राको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

human_meat

इटालीको पाऊआ सिटीमा रहेको यो चाइनिज रेष्टुरेन्टमा हालै  स्लोभेनिया नामका ग्राहक आफ्नो साथीसँग डिनर गर्न पुगे र उनिहरुले भालुको पञ्जाको मासु अर्डर गरे ।

यसै सिलसिलामा एक वेटरले स्लोभेनियालाई मान्छेको खुट्टाको मासु राखिदिए । नाम नबताउने सर्तमा उक्त वेटरले त्यहा मानिसको मासु बेचिने गरेको बताए । स्लोभेनियाले यस कुराको उजुरी प्रहरीलाई दिए र त्यसपछि प्रहरीले रेष्टुरेन्टको सबै मासुलाई सीज गरिदियो । जफत गरिएको मासुलाई कानुनी जाँचको प्रक्रियामा राखिएको छ ।

यसभन्दा पहिले चीनद्धारा नै अफ्रिकी देशमा मान्छेको मासु बेचिने गरेका खबर आएको थियो । यद्यपी, यस्ता खबर र तस्विर खाली अफवाह रहेको साबित भएको थियो । सामाजिक सञ्जालमा फैलिने अफवाहको पर्दाफास गर्ने एउटा वेबसाइटले सबै खबर अफवाह रहेको दाबी गरेको थियो ।