२० मंसिर, एजेन्सी । तमिलनाडुकी मुख्यमन्त्री जय ललिता आइतबार साँझदेखि हृदयघातका कारण भम्भीर भएकी छन् । उनलाई चेन्नईको अपोलो अस्पतालको आइसियुमा सारिएको छ । उनी २२ सेप्टेम्वरदेखि सो अपोलो अस्पतालमा उपचाररत् थिइन् ।jayalalithaa_

अस्पताल बाहिर मानिसहरूको ठूलो भीड जम्मा भएको बताइएको छ । भीड जम्मा हुनेमा उनको पार्टी अन्ना द्रमुकका कार्यकर्ता तथा उनका फ्यानहरू रहेका छन् । भीड बढेपछि सरकारले अस्पताल बाहिरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

रातभर अस्पताल बाहिर बसेका उनका कार्यकर्ता र आम सर्वसाधारणलाई सरकारले सोमबार सबै स्कुल, कलेज, प्रशासनिक कार्यालय खुल्ने बताएको छ । मानिसहरूमा अनेक किसिमका हल्लाहरू चलाइएकाले सरकारले यस्तो प्रष्टिकरण दिएको हो ।

मुख्यमन्त्रीलाई हृदयघात भएको खबर पाउनासाथ तमिलनाडुका गभर्नर विद्यासागर रावलगायत मन्त्रीमण्डलका सदस्यहरू राति नै अस्पताल पुगेका थिए । राष्ट्रपति प्रणम मुखर्जीले पनि जय ललिताको स्वास्थ्यमा आएको गडबढीप्रति दुःख व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनको स्वास्थ्य लाभको कामना गर्दै लाखौंले प्रार्थना गरिरहेको बताइएको छ । भारतका प्रधानमन्त्रीलगायत सबैजसो पार्टीका नेताहरूले आ–आफ्नो ट्वीटर ह्यान्डल मार्फत जय ललिताको स्वास्थ्य लाभको कामना गरेका छन् । अस्पतालले पनि उनको स्वास्थ्यमा सुधार ल्याउन भरपुर कोशिस गरिरहेको जनाएको छ ।