काठमाडौं ।

अमेरिकामा पुगेर पोर्नस्टारकोरुपमा चिनिएकी नेपाली चेली बिन्दु परियारले आफूलाई जवर्जस्ती अश्लिल चलचित्रमा काम गर्न बन्न बाध्य तुल्याइएको भन्दै पतिबाट ७२ करोड रुपैयाँ पाउने भएकी छिन् ।

आफुलाई जवर्जस्ती अश्लिल हर्कत गर्न बाध्य पारिएको भन्दै उनले हालेको मुद्धामा पतिलाई दोषी ठहर गर्दै अदालतले ७ दशमलव २५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो ।

Bindu Pariyar 5

अमेरिकी सञ्चार माध्यम डालास न्यूजका अनुसार बिन्दुलाई उनका पतिले स्तन प्रत्यारोपण देखि नग्न क्लवमा काम गर्न बाध्य पार्दै अश्लिल चलचित्रमा समेत अभिनय गर्न बाध्य पारेको तथ्य अदालतका कागजातबाट खुलेको उल्लेख छ ।

पतिलाई छोडेपछि आफूलाई बाध्यात्मकरुपमा पोर्नस्टार बन्नु परेको बिन्दुले बताएकी छिन् । डालास मोर्निङ न्यूजमा अन्तर्वार्ता दिँदै बिन्दुले आफूले पति विरुद्ध मुद्धा हालेपछि न्याय पाएको बताएकी छिन् ।

Bindu Pariyar 1

बिन्दुले आफ्नो नाम सार्वजनिक गर्न अनुमति दिएपछि सार्वजनिक गरेको भन्दै डालास न्यूजले २७ वर्षीया ती युवतीले सन् २०१२ मा आफ्ना पति टम राण्डेल सेवेलसँग पारपाचुके गरेपछि पतिले अनलाइनमा यौन गतिविधीको भिडियो पोष्ट गरेर यौनकर्मीकोरुपमा चिनाएको बताएकी छिन् । त्यसपछि आफुलाई विभिन्न मान्छेले फोन गरेर भिडियो हेरेको भन्दै यौन सम्बन्धका लागि पैसा दिने प्रस्ताव राखेको पनि उनले खुलाएकी छीन् ।

बिन्दुले आफू सानै उमेरमा अमेरिका गएको र त्यहाँ नर्सिङ स्कुलमा पढ्दै परिवारलाई सघाएको बताएकी छिन् ।

Bindu Pariyar 4

विभिन्न अनलाइन साइटहरुमा बिन्दुका यौन सम्बन्ध राखेका अश्लिल भिडियो र उनी नग्न बनेर अनेक हर्कत गरेका भिडियो देख्न सकिन्छ । तर कुनै पनि वेबसाइटले आफूसँग अनुमति लिएर यस्ता सामग्री नराखेको बिन्दुले बताएकी छिन् । यस्ता भिडियोमा देखिएका कुनै पनि गतिविधी आफूले राजि खुसी नगरेको पनि उनको भनाइ छ ।

पतिले आफूलाई अनेक साइट बनाएर दुःख दिएको र मुख देखाएर हिड्न नहुने बनाएपछि मात्र छोड्ने भनेको पनि बिन्दुले खुलासा गरेकी छिन् ।

परियारले ५८ वर्षीय सेवेल विरुद्ध गत वर्ष मात्र मुद्धा दायर गरेकी थिइन् । उनले आफ्ना अश्लिल तस्विर र भिडियोका कारण आफूलाई भएको क्षतिपुर्ति माग गर्दै हालेको मुद्धामा फैसला गर्दै अदालतले पतिलाई ७ दशमलव २५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो । डालास काउन्टी अदालतलमा पति सेवेलले आफूलाई यस्ता कृत्य गर्न बाध्य तुल्याएको भन्दै मुद्धा दायर गरेपछि उनले न्याय पाएकी हुन् ।

‘म सामान्य जिन्दगी बिताउन चाहन्छु, उनले भनेकी छिन्, ‘म अरुको नजरमा तौलिएर बाँच्न चाहन्न’ ।

Bindu Pariyar 6

राज्यका जिल्ला न्यायाधीश मार्टिन जे हफम्यानले सेवेललाई अनलाइनमा भएका बिन्दुका सम्पू्र्ण भिडियो तथा तस्विर हटाउन र ७ दशमलव २५ मिलियन अमेरिकी डलर अर्थात ७६ करोड रुपैयाँ भन्दा बढी रकम तिर्न आदेश दिएको छ ।

तर सेवेल अदालतमा उपस्थित नभएको बताइएको छ । उनलाई सूचित गर्न खोज्दा पनि कुनै प्रतिक्रिया नआएको बताइएको छ । यद्यपी सेवेलले बिन्दु खतरनाक बेश्या भएको र उनले अमेरिकाको नागरिकता प्राप्त गर्नका लागि आफूलाई प्रयोग गरेको दावी गरेको डालास न्यूजले जनाएको छ । आफ्नो विगतलाई राम्रो देखाउन बिन्दुले मुद्धा हालेको समेत उनको दावी छ ।

बिन्दुले सेवेलले अहिले पनि आफ्ना अश्लिल भिडियो अनलाइनमा पोष्ट गरिरहेको र रोक्न खोज्दा पनि नरोकिएको भन्दै चिन्ता ब्यक्त गरेकी छिन् । पश्चिम नेपालको कास्की जिल्ला अन्तर्गत हेम्जामा जन्मेकी बिन्दु १ वर्षकी हुँदा सेवेलले बिन्दुकी एक काकी पर्ने नातेदार महिलालाई विहे गरेका थिए । परिवारलाई सघाउन बिन्दुको स्कुलको शुल्क समेत तिरेका सेवेलले काकीलाई छोडेर बिन्दुकै अर्की दिदीसँग पनि विवाह गरेका थिए । सन् २००८ मा त्यो विवाह पनि टुटेपछि बिन्दुलाई अमेरिकामा स्थापित गराइदिने भनेर अमेरिका पुर्‍याएका थिए । तर अमेरिका पुगेपछि भने सेवेल निक्कै फरक पाएको बिन्दुले बताएकी छिन् ।

आफूलाई जिन्स र लङ स्कर्ट लगाउन नदिएर छोंटा कपडा मात्र लगाउन बाध्य तुल्याएका सेवेलले पछि नग्न क्लवमा काम गर्न बाध्य तुल्याएको बिन्दुको दावी छ । बिन्दुले आफूलाई सेवेलले अन्य मानिससँग यौन सम्बन्ध राख्न बाध्य तुल्याएको र कुनै बेला आफू पनि सहभागी हुने गरेको बताइएकी छिन् ।

यसैगरी आफूलाई अश्लिल भिडियो खिच्नेगरी काम गर्न बाध्य पारिएको उनले बताएकी छिन् । आफूलाई अनेक ग्राहकहरुसँग यौन सम्बन्ध राख्न बाध्य पारेको र कसैलाई जानकारी नदिन भनेको समेत उनको भनाइ छ ।

Bindu Pariyar 8

सन् २०१२ को एप्रिलमा सेवेललाई पारिवारिक हिंसाको मुद्धा लागेको थियो । बिन्दुले आफूले विगत भुल्न नसक्ने तर सामान्य जीवन विताउन चाहेको बताएकी छिन् । अहिले उनले अर्कै केटा साथी बनाइसकेको समेत खुलाएकी छिन् ।

Bindu Pariyar 7

आफू साहसी छु भन्ने देखाउन चाहेको बिन्दुले भनेकी छिन् ।