२८ जेठ, सुर्खेत ।

नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुन पार्टीको पक्षमा सहमति बन्छ उसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्रसँग सरकार सञ्चालनको भद्र सहमति भएको हो – गोकर्ण विष्ट

माओवादीको पक्षमा बने माओवादीको, एमालेको पक्षमा बने एमालेको र कांग्रेसको नेतृत्वमा सहमति भए कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने प्रचण्डको भनाइ छ ।

Prachanda Pushpa kamal dahal mic speaking party ekata

सुर्खेतमा सञ्चारकर्मीहरुबीच बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार बनाउनका लागि जसले जु सुकै छोड्न पनि तयार हुनु पर्ने पनि बताए । उनले भद्र सहमतिबारे धेरै चर्चा बाहिर आवश्यक नरहेको भन्दै समय सँगै को भद्र को अभद्र भन्ने जनताले थाहा पाउने बताए ।

प्रचण्डले भने, “म भद्र छु, ओली जी पनि भद्र हुनुहुन्छ भन्ने मलाई लागेको छ” । प्रचण्डले ओलीकै नेतृत्वमा राष्ट्रिय सहमति जुटे उनकै सरकारले निरन्तरता पाएमा आफूलाई कुनै आपत्ति नहुने बताए ।

 ओलीले यसरी सम्झाए, प्रचण्ड सम्झिए, ओली ढुक्क

अहिलेका हरेक कुरा समाधान गर्नका कम्तिमा अर्को संसदीय र प्रादेशिक चुनाव सम्मका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउँदै उनले स्थानीय निकायको निर्वाचनको तयारी नभै घोषणा गरिएको टिप्पणी उनले गरे । हरेक चुनावका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले प्रमुख शक्तिबीच सहमति नगरी निर्वाचनमा जान कठिन रहेको उनको भनाइ छ ।

अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ – प्रधानमन्त्री ओली

मधेश समस्यलाई सानो-तिनो समस्या भनेर टार्दै गएमा दुर्घटना निम्तिन सक्ने चेतावनी प्रचण्डले दिए । संविधान लागु गर्नका लागि सबैको सहमति आवश्यक भएका कारण सबै असन्तुष्टहरुलाई साथमा लिएर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।