राजधानीमा फ्ल्याट भाडामा लिएर कोठी सञ्चालन

९ असोज, काठमाडौ ।

कलेजका मन मिल्ने साथीसंग सुनिताले एक दिन खुलेरै भनिन् ‘जसरी नि पैसै कमाउनु त रहेछ !’ उनी कहिलेकाँही मात्र कलेज आउन थालेकी र उनको लवाइखवाईमा एक्कासी परिवर्तन भएकाले साथीहरुले उनलाई र्याखर्याखी पारेपछि उनले खुलेर आफ्नो कुरा राखेकी थिइन् ।sex worker 5592367राजधानीको आरआर कलेजमा ४ वर्षअघि मानविकि संकायको स्नातक तहमा भर्ना भएकी नुवाकोटकी सुनिता (नाम परिवर्तन) स्वभावत: एउटा पहाडबाट भर्खरै झरेकी सोझी किशोरी थिइन् । दोश्रो वर्ष सकिदासम्म उनी शायदै कहिले कक्षामा उपस्थित हुन सकिनन् होला । उनकी साथी मिरा भन्छिन् ‘महिनौ एउटै कुर्ता, सुरुवाल उसको ड्रेस हुन्थ्यो र ऊ अनुपस्थित भएको शायदै कुनै दिन थियो ।’ दोश्रो वर्षको परीक्षाको नतिजा पनि राम्रै आएको थियो सुनिताको ।

[quote_box_center]
पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन ।
[/quote_box_center]

तर, तेश्रो वर्षको सुरुदेखि नै उनको अनुपस्थिती देखिन थाल्यो । सुरुमा २/३ दिन विराएर कक्षामा आउन थालेकी सुनिता ६ महिनापछि त कहिलेकाँही टुपुल्किन थालेकी थिइन् । सामान्य गाउँले पाराको कुर्ता, सुरुवालमा पनि उनको सुन्दरताले नचियाएको त हैन तर, अब बदलिएको उनको ‘गेटअप’ले उनलाई फक्रेको गुलाब झै पारेको थियो । भर्खर २१ औ बसन्त टेकेकी गहुँ गारो वर्णकी सुनिताको जिउडाल पनि चटक्क मिलेको बताउँछन् उनका साथीहरु ।

उनी अहिले ६/६ महिनामा नयाँ स्कुटी फेर्छिन । ‘फेसनमा उनको अनुशरण गर्न काठमाडौका धनाढ्य परिवारका केटीलाई हम्मे पर्छ’ उनकी साथी मिरा भन्छिन् ‘ महंगा कपडा र सबै थोक एउटै कलरको । स्वान्डिलदेखि चस्मासम्म मिलेको हुन्छ र दैनिक फेरिएको हुन्छ ।’ उनकी अर्की साथी कल्पना भन्छिन् तेश्रो वर्ष फेल भएकामा उसलाई कुनै पश्चताप छैन । ऊ भन्छे ‘ पैसै कमाउन त पढनु परेको नि । अरु नै थोक गर्दा कमाइन्छ भने किन पढनु पर्यो ।’ आफू अब पढाइलाई अघि नबढाउने सोचमा पुगेको सुनिता बताउँछिन् ।

सुनिताका बाबु आमा नुवाकोटकै दुर्गम गाउँमा कृषि पेशा गर्छन । आफैले मिहनेत गरेर खेती गर्दा मुस्किलले वर्ष दिन खान पुग्ने परिवार हो रे ! परिवारकी जेठी छोरीलाई उच्च शिक्षा दिलाउन सके दुई भाइबैनालाई पछि उच्च शिक्षा पढाउन सहयोग हुन्छ भनेर उनलाई काठमाडौको कलेजमा भर्ना गरिएको उनले बताइन् । बाबु आमाको इच्छा पुरा गर्न सुरुका दिनमा उनले भरमग्दुर प्रयत्न गरिन । बालाजुतिरको भाडाको कोठामा एक्लै बस्ने सुनितालाई बाबुआमा पठाएको पैसाले कोठा भाडा तिर्न र खान पनि मुस्किल पर्यो ।

[quote_box_center]
यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’
[/quote_box_center]

त्यो घरको पहिलोतल्लामा उनी बस्थिन भने भूईतल्लामा अर्कि एक दिदी । बस्न थालेको केही दिनमै ती दिदीसंग उनको चिनजान भएको थियो सुनिताले भनिन् । दिदी पनि एक्लै बस्ने भएकाले उनले सुनितालाई अलि माया गरेजस्तो गर्थिन । एक दिन सुनितालाई ज्वरो आएको थियो उनीसंग पैसा थिएन । उनले त्यै दिदीसंग सहयोग मागिन । ती दिदीले तत्काललाई सहयोग त दिइन, संगै भनिन् ‘कति दिन यसरी दुःख गर्छौ ? यौन पेशा गर, ग्राहक म खोजिदिन्छु ।’ सुरुमा उनलाई दिदीका कुराले साह्रै विझेको उनी बताउछिन् ।

तर, मनमनै सोचिन ‘सधै यसरी अभावमा बाच्नु भन्दा त कसैले थाहा नपाउने भए के विग्रन्छ र ?’ पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन ।

अहिले उनै दिदीसंगै बस्न थालेको उनी बताउँछिन । भन्छिन् ‘घर सरेका छौं । पुरै फ्ल्याट लिएका छौं, भाडामा । दिदी पनि सोही पेशा गर्छिन । उनको धेरै उपल्ला तहका व्यक्तिसंग चिनजान छ ।’ दिदीले ग्राहक खोजेर कोठामै बोलाउँछिन् । त्यो वापत उनले आधा रकम लिने गरेको सुनिता बताउँछिन् । ‘मसंग यौन संम्पर्क राख्न आउनेसंग दिदीले ३ हजार लिन्छिन् । मलाई १५ सय दिन्छिन् ।’ उनी बाहिर कसैसंग रात नविताएको बताउँदै कोठामा पनि बास बस्ने गरी कसैलाई नवोलाएको दावी गर्छिन् । ग्राहकहरु पनि हुनेखाने परिवारकै हुने गरेका छन् । कतिपय त कार लिएर आएका हुन्छन्, सुनिताको अनुभव छ ।

[quote_box_center]
दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’
[/quote_box_center]

ती दिदीले श्रीमान् छोडेर यही पेशा गर्दै आएकी रहिछन् । अब हामी दुईजना आमाछोरीजस्ता भएका छौं । सुनिताका बाब्आमा कहिलेकाही भेटन आउने गरेको र उनी पनि बेलाबखत घर जाने गरेको बताउँछिन् । उनले घरकालाई आफूले एउटा प्राइभेट कम्पनीमा जागिर खाएको बताउने गरेकी छिन् ।

होटल वा ग्राहकसंग बाहिर जाँदा अरुले देख्ने वा प्रहरीले समात्ने डर हुन्छ । आफ्नै कोठामा डर नभएको उनले बताइन् । राजधानीमा आफूहरु जस्तो घर भाडा लिएर यौन व्यवसाय चलाउने धेरै भएको उनी बताउँछिन् । अब दिदीसंग छुट्टिने विचार गरेकी छन् उनले तर, बहाना खोज्दैछिन् ।‘अब त मैले नि मान्छे चिनिसकें’ उनी भन्छिन् ।

यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’ दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’

‘म चिच्याएं, ड्राइभरले घ्याच्चै गाडी रोके’