नेपालको भौगोलिक परिस्थिति विशिष्ट छ। सामरिक, आर्थिक र भुगोलका हिसावले घघडान मानिने भीमकाय छिमेकीका बीचमा पर्दा नेपाल दुनियाँलाई सानो देखिन्छ।

 

तर चीज साना भए भन्दैमा तुच्छ हुँदैनन्। लक्ष्मी प्रसाद देवकोटाकै भाषमा भन्ने हो भने-हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ ।”

 

साना भए पनि यी सवै वस्तहरु महत्वमा विशाल छन्। पचासौं वर्ष पहिले देवकोटाले नेपाललाई सानो छैन् ,विशाल छ भनेर निवन्ध नै लेखे । तर पनि नेपाल दुई छिमेकी भन्दा ठुलो छ भने गर्ब गर्ने धेरै मौका भने पाइएको छैन्।

 

भुगोल र जनसंख्यामा सानो हुनुका फाइदा पनि छन् । पर्याप्त स्रोतका  धनी नेपाल जस्ता देशलाई सहि दिशा र नेतृत्व पाए विकास हुनु पनि समय लाग्दैन्।coins nepal

 

केही महिनामा अध्यारोको कारक लोडशेडिङ हट्न सक्छ भने नेपालका धेरै चीज धेरै चाँडो हुन सक्दछन् ।

 

अघिल्लो महिना विश्व वैंकले दिएको जानकारी अनुसार नेपालले तीब्र आर्थिक वृ्द्धिदरमा छिमेकी भारत र चीनलाई पछि पारेको छ।

 

विश्व वैंकले जारी गरेको रिपोर्टमा नेपालमा यो वर्ष तीब्र आर्थिक वृ्द्धि गर्ने देशकको सुचिमा तेस्रो  नम्बरमा छ ।

राम्रो मनसुन, सन २०१५ को भुकम्पपछिको पुर्ननिर्माणको गति लिएको र भारतसंगको आर्थिक सम्वन्ध सुध्रिएको  भन्दै विश्व वैंकले नेपालले यो  वर्ष ७.५ सम्मको आर्थिक वृद्धि दर हासिल गर्ने प्रोजेक्सन गरेको हो।

 

यो सुचिमा भारत नेपाल भन्दा एक स्थान तल छ। चौथो स्थानमा रहेको भारतले ७.२ प्रतिशतको वृद्धि दर हासिल गर्ने अनुमान छ।

अर्को छिमेकी चीन भने पहिलो दशमै समावेश छैन्। केही समय यता आर्थिक वृ्द्धिमा सुस्तता बेहोरेको  र ट्रान्जिसनमा रहेको चीन ६.५ प्रतिशतको आर्थिक वृद्धि सहित १६ औं स्थानमा छ।

 

यो वर्ष तीब्र आर्थिक वृद्धिदर भएका १० देश

१. इथोपिया  ८.३ %

२. उज्वेकिस्तान ७.६ %

३. नेपाल ७.५ %

४. भारत ७.२ %

५. तान्जानिया ७.२ %

६. जीबुटी ७ %

७.लाओस ७ %

८. कम्बोडिया ६.९ %

९. म्यानमार  ६.९ %

१०. फिलिपिन्स  ६.९ %