एजेन्सी।

मन्दिर जाने प्राय सबै व्यक्तिको एउटै उदेश्य हुन्छ, पूजा गर्ने र आर्शीवाद लिने । तर भारतको देवभुमि हिमान्चल प्रदेशमा भने यस्ता धेरै मन्दिर छन्, जहा आर्शिवाद मात्र नभई ऋण पनि पाइने गर्दछ । यस्ता मन्दिर शिम्ला, सिरमौरलगायतका क्षेत्रमा यस्ता मन्दिर अवस्थित छन् ।

यस मन्दिरमा आवश्यक चिजको वर मागेमा सजिलै पाइने गर्दछ । सदियौ देखि चल्दै आएको यस परम्पराअनुसार एक वर्षको लागी ऋण माग्ने गरिन्छ । जसअनुसार वर्षको ५ देखि १० प्रतिशत सम्म व्याज बुझाउनु पर्ने हुन्छ । यदि व्यक्तिले ऋण चुक्ता गर्न नसकेको खण्डमा उसलाई माफी समेत दिने गरिन्छ । मन्दिरका प्रबन्धकले आवेदन दिने व्यक्तिको सम्पुर्ण पृष्ठभुमि हेरेर मात्र ऋण दिने गर्दछन् ।

ऋण दिदाँ ऋण फिर्ता हुन्छ या हुदैन भन्ने विषयमा चासो राखिदैन । किनकी भगवानप्रतिको आस्थाले कुनैपनि व्यक्तिले धोका दिन नसक्ने विश्वास गरिन्छ । आवश्यकताअनुसार भक्तजनले यहाँ नगद मात्र नभई ऋण स्वरुप अन्न समेत प्राप्त गर्ने गर्दछन् ।