१९ साउन, काठमाण्डौ ।

नीजि बायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ घटाएपछि भाडा समाजेजन गरिएको बायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए ।

वायुसेवा कम्पनीले साउन २२ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाएका हुन् । अव काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरासम्मको उडानमा प्रतियात्रु १ सय ६८ रुपैयाँ ७५ पैसा घटेको छ ।

यस्तै सबैभन्दा टाढाको गन्तव्य धनगढी जान अब यसअघि भन्दा ५ सय ८१ रुपैयाँ २५ पैसा कम तिर्नु पर्ने भएको छ । निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको थियो ।

नेपाल बायुसेवा निगमले पनि आन्तरिक भाडा घटाउने तयारी गरेको प्रवक्ता रामहरी शर्माले जानकारी दिए । अन्तराष्ट्रिय उडानका लागि पहिलेदेखि नै भाडा नै कम लिएकाले घटाउन नसकिने भन्दै आन्तरिक भाडा मात्र समायोजन गर्ने तयारी भएको प्रवक्ता शर्माको भनाइ छ ।

तर यातायात व्यवशायीले भने सवारी साधानको भाडा नघटाउने बताएका छन् । राष्ट्रिय यातायात व्यवशायी महासंघका वरिष्ठ उपाध्यक्ष डोलराज खनालले डिजेल÷पेट्रोलमा ५ रुपैयाँ भन्दा बढी मूल्य नघटेसम्म भाडा नघटउने सरकारसँग २०६५ सालमै सहमती भएको भन्दै भाडा नघटाइने बताए ।

यातायात व्यवशायीको मागमा सरकारले पनि समर्थन जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक मधसुदन बुर्लाकोटीले २०६५ सालको सहमती अनुसार अहिले व्यवशायीलाई भाडा घटाउ भन्न नसकिने बताए ।

यसअघि समायोजना गरेको गरेको भाडाबाट समेत यात्रु ठगिएको सन्दर्भमा पनि सरकारले भाडा घटाउन नसके पनि यात्रु अझै ठगिने भएकाले छन् ।

निगमले अस्ति राती देखि लागू हुने गरी डिजेल र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा घटाएको थियो ।