७ चैत, काठमाडौं ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट इन्धन चुहिएको बारे अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदसीय छानविन समिति गठन गरेको हो ।

चैत १ गते राती पौने ९ बजे Airbus A320, 9N-AKW बाट ५ हजार टन इन्धन चुहिए पछि मन्त्रालय छानविन समिति गठन गर्न बाध्य भएको हो ।

समितिलाई १५ दिन भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न र भविस्यमा यस्ता घटना हुन नदिन सुझाव माग गरिएको छ ।

साथै सम्बन्धीत जिम्मेवार पदाधिकारीहरुलाई के कस्तो कारवाही गरिनु पर्छ लगायतका विषयमा सिफारिश गर्न निर्देशन दिइएको छ ।

समितिमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालय एरोनटिकल ईन्जिनियर महासेनानी लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।