१ माघ, बर्दिबास ।

हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले धुर्मुस–सुन्तलीले हास्यकलाकारिता क्षेत्रलाई अझै उज्यालो बनाएको बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका मह जोडिले स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायकको रहेको बताए ।

धुर्मुसले हँसाइ हँसाइ बनाए गिरानचौर एकीकृत बस्ती

देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल पनि गरेका छन् ।

madankrishna-haribansha-musahar-basti-bardibas

रकेटको गतिमा काम भइरेको भन्दै मदनकृष्ण श्रेष्ठले भने,‘पौष २५ गते शिलान्यास गरेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको काम पाँच दिनबीचमा निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त बनेको छ ।’ धुर्मुश र सुन्तलीले दर्शक मात्र नहसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए । ५० वटा बन्ने भनेको घर मध्येमा २० वटा घरको जग हालेर डण्डी ठडिएको देख्दा हरिबंश अच्मित  हुदैं मदनकृष्णको कुरामा थपेर भने,‘ जाँगरिला हातको कमाल देखियो । उनले भने धुर्मुस—सुन्तली बस्ती बनाउनुको साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन् । ’

‘हामीले झुपडी खोजेको स्वर्ग नै पायौं’ (फोटोफिचर)

musahar basti nirman bardibas haribansha madankrishna
काम सुरु भएको १०० दिनमै नमूना बस्तीका घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । यति थोरै अवधीमा ५० वटा घर हस्तान्तरण हुन सक्ला…? भन्ने संचारकर्मीहरुको प्रश्नमा मदनकृष्ण ले भने,‘यहाँको काम गराइले तोकिएको अवधीमै घर हस्तान्तरण हुन्छ । हुनु पर्छ । हेर्नुस् त काम गर्दा हुने रहेछ नी । ढिला सुस्तीले देश विकास हुन सकेको छैन । शिलान्यास गर्न आउँदा फिल्ड सम्म थियो । पाँच दिनमा आउँदा त २० वटा घरको जग खनेर १० वटा घरको त पिलरै हाल्ने क्रम जारी छ ।’ दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा बस्ती निर्माणको काम गरिरहेका छन् । ६५ जना गाउँले श्रमदान गरिरहेका छन् । काम गर्दै गरेका महिला दिदीबहिनीहरुले निर्माण स्थलमा महजोडि जाँदा नमस्कार गर्दा महजोडि खुशि भए ।

(स्थलगत रिपोर्ट) धुर्मुस सुन्तलीलाई भगवान मानेर गिरानचौरबासीले लगाए भाइटीका (फोटोफिचर)

img_2912

हरिबंशले दिदी बहिनीहरुस.हात मिलाउँदै भने,‘ मन सोझिएको छ, काम सोझिएको छ । आउने बैशाख १ गते नयाँ बर्षमा यहाँका मुसहरहरु नयाँ घरमा सर्नेछन । ’ बोल्न लजाउने मुसहरहरु नमस्कार गर्न सिकेको पाएको भन्दै परिवर्तन सम्भव रहेको भन्दै उनले बस्ती निर्माणमा सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।

mushar basti bardibas haribansha madankrishna