कुशल श्रेष्ठ

अन्य वर्ष भन्दा यो वर्ष चिसोको मात्रा ह्वात्तै बढेको सबैलाई महशुस भएको छ। दिनानुदिन तापक्रम घट्दै आइरहेको छ। न्यूनतम तापक्रम झण्डै शून्य नजिक पुगिसक्यो। डिसेम्बर २२ बाट बिस्तारै लामो दिन सुरु हुनेछ। तापनि हात चिसो होला भनि पकेटमा निस्कन मान्दैन। दैनिकी काम गर्नको लागि भने चिसो हातले धेरै असहज बनाइरहेको हुन्छ।

जाडोको समय हात चिसो हुन नदिन के के गर्न सकिएला, पढ्नुस् केही टिप्स:

१. आफ्नो हातलाई सकेसम्म छिटो रगड्नुहोस्

how to keep hands warm (3)

  • हात हलुका नतातेसम्म (वा नथाकेसम्म) एउटा हातलाई अर्को हातसँग रगड्नुहोस्। यसो गर्दा हत्केलामा रगत सञ्चालन छिटो हुन्छ र बिस्तारै तात्तै जान्छ। हरेक चोटि हात चिसो हुँदा यसो गर्न सकिन्छ।
  • उपलब्ध भएका हातमा थोरै पेट्रोलियम जेल्ली (भेसलिन) लगाएर हात रगड्दा पनि छिटै नै हात तात्न सुरु गर्दछ। भेसलिन सहित रगड्दा धेरै मात्रामा ताप पैदा हुन्छ र तपाईँको हात धेरै समयसम्म न्यानो बसिरहन्छ।
२. हातमाथि बस्नुहोस्

how to keep hands warm (4)

  • घरबाट बाहिर हुँदा अथवा कतै बस स्ट्याण्डमा बस कुर्दा हात तताउने सबैभन्दा उचित उपाय भनेको आफ्नो हातमा हावा पास हुन नदिनु नै हो। त्यसको लागि आफ्नो पिठ्यूँमा भएको बोसोको सहायता लिन सकिन्छ। तस्विरमा देखाएजस्तै आफ्नो हातलाई पिठ्यूँले थिचेर एकछिन राख्दा पनि हात चाँडै तात्ने गर्दछ।
  • हत्केलालाई माथि फर्काएर राख्नुहोस् र त्यसमाथि बस्नाले हात केही बेरमा तात्न थाल्दछ।
३. हातमा तातो सास दिनुहोस्

how to keep hands warm (5)

  • हात रगड्दै गर्दा पुरै हातमा पुग्ने गरि मुखबाट तातो हावा दिएमा पनि हात चाँडै तात्ने गर्दछ।
४. हातलाई प्याण्ट अथवा ज्याकेटको गोजीमा राख्नुहोस्

how to keep hands warm (6)

  • यस्तो चिसोको बेला आफ्नो हातलाई बाहिर धेरै ननिकाल्नुहोस्, कुनै काम पर्दा बाहेक अरूबेला आफ्नो हातलाई गोजीमै राखिराख्नुहोस्। यसो गरेमा हातमा चिसो हावाले छुन पाउँदैन र हात न्यानो बसिरहन्छ।
५. हातलाई काखीमुनि राख्नुहोस्

how to keep hands warm (7)

  • शरीरभरिमा तातो र न्यानो बसिरहने अङ्गमध्ये काखी पनि एक पर्दछ, त्यसैले तपाईँको हात चिसो भईरहेमा काखीमुनि हात राख्दा पनि न्यानो महशुस हुने गर्दछ।
६. हातको हलुका कसरत गर्नुहोस्

how to keep hands warm (8)

  • छिटो छिटो हातलाई हल्लाइ हातलाई कसरत गराउनुहोस्। हातमा रगतको सञ्चार गराइराख्नको लागि औँलाहरू पड्काउनुहोस्, हात तन्काउनुहोस्, हत्केलाले ताली बजाउनुहोस्।
  • पुरै शरीरको हलुका व्यायाम गर्दा पनि हातको साथसाथै पुरै शरीर तातो बसिरहन्छ।
७. कुनै बाह्य वस्तुको प्रयोग गर्नुहोस्

how to keep hands warm (1)

  • तपाईँ घरमा अथवा कार्यालयमा हुनुहुन्छ भने बाह्य कृत्रिम उपाय अपनाएर पनि आफ्नो हातलाई न्यानो बनाइराख्न सक्नुहुन्छ।
  • कुनै तातो वस्तुको ठीक अगाडि आफ्नो हात राख्नुहोस्। रेडिएटर अथवा हिटरको व्यवस्था छ भने त्यसैबाट पनि हात तताउन सक्नुहुन्छ। हिटरताप्दा सावधानी भने अपनाउनुपर्छ।
  • हाते पञ्जा छ भने पनि पुरै हात ढाक्ने गरी पञ्जा लगाउन नभुल्नुहोस्।
  • छाती र टाउको वरिपरी पुग्ने गरी न्यानो लुगा लगाउनुहोस्, किनभने मुटु र दिमाग भनेको शरीरको सबैभन्दा संवेदनशील अङ्ग हो। दिमाग र मुटु चिसो भएमा पुरै शरीरले राम्ररी काम गर्न सक्दैन। धेरै चिसो भएमा रुघा लाग्ने, खोकी लाग्ने र ज्वरो आउने जस्ता समस्याहरू आउन सक्छन्।
  • चिया पिउँदै हुनुहुन्छ भने, कपलाई हत्केलाले चारैतिर समात्नुहोस् र चिया पिउनुहोस्, त्यसो गर्दा चियाले शरीर त तताईहाल्छ, त्यसको साथसाथै हात पनि न्यानो बसिरहन्छ। (कालो चियाको बारेमा जान्न यहाँ क्लीक गर्नुहोस्)
  • यस्तो चिसो मौसम सकेसम्म चिसो पानी नपिउनुहोस्।

how to keep hands warm (2)

  • अन्त्यमा, तपाईँको हातलाई सकेसम्म व्यस्त राख्नुहोस्। केहि लेख्नुहोस्, कलम चलाउनुहोस्, कम्प्यूटरमा केहि टाइप गर्नुहोस्। आफ्नो हातलाई केहि काम गराएर व्यस्त राख्दा हातको रगत -सञ्चालन हुन मद्दत पुग्दछ र छिट्टै चिसो हुन पाउँदैन। केहि काम गर्नको लागि हात असाध्यै चिसो छ भने माथिका उपायहरू अपनाउन सकिन्छ।

यो पनि पढ्नुस्।

कालो चियाको बारेमा रोचक कुरा: इतिहास देखि फाइदा बेफाइदा

जाडोमा भुल्नै नहुने ७ शुत्र