भगवान शिवका तीन पुत्र थिए भनिन्छ, तर यदि शिवका ५ पुत्र थिए भन्दा कोही छक्क पर्नुहुन्छ होला । पौराणिक कथाहरु र पुराणहरुमा शिवका पाँच पुत्रको बारेमा चर्चा गरिएको छ ।

पहिलो पुत्र : कुमार कार्तिकेय – यिनलाई ६ कृतिकाहरुले पाले त्यसैले यसलाई कार्तिकेय भनेर चिनिए । उनको अर्को नाम स्कंद पनि हो । तारकासुरको अन्त्य गर्नका लागि कुमारको जन्म भएको थियो ।

दोस्रो पुत्र : गणेश – गणेश पुराण, शिव पुराणमा गणेशको जन्मको बारेमा भनिएको छ, देवी पार्वतीले एक मूतिको निर्माण गरिन् । त्यो मूर्तिलाई यति मनपराइन् कि उनले त्यसमा श्वास भरिदिइन् र गणेशको साकार रुप उत्पन्न भयो ।

तेस्रो पुत्र : अयप्पा – यस्तो कथा छ , भष्मासुरले भगवान शिवको रक्षाका लागि भगवान विष्णले मोहिनी रुप धारण गरे । मोहिनी र भगवान शिवले त्यस समय अयप्पाको प्रकट गरे । अयप्पा पनि कुमार कार्तिकेय जसरी दक्षिण दिशामा बसे ।

चौथो पुत्र : अंधक – ठट्टा–ठट्टामै देवी पार्वतीले शिवको आँखा बन्द गरिदिइन्, यसले सृष्टि अन्धकार भयो र शिवको शरीरबाट ताप निस्कन थाल्यो र शरीरबाट खसेको पसिनाको थोपाबाट एक अन्धा बालक जन्मिए । जन्मदै अन्धा भएकाले उनको नाम अंधक राखियो । देवी पार्वती र भगवान शिवले आफ्नो पुत्र माने ।

पाचौँ पुत्र : अंगारक – अंगारकलाई मंगल ग्रहको रुपमा पनि चिनिन्छ । केही कथाहरुमा अंगारकलाई भगवान विष्णुले  उत्पन्न गराइको पनि बताइएको छ ।